Erani Mahal
क्यान्सर पीडित  बयम्बुलाई  प्रदेशिक युवा संजालकाे सहयोग
169949165_593706054887783_1845569786208032360_n
पाल्पा- निस्दी गाउँपालिका अर्चले,पाल्पाका फत्त बहादुर बयम्बुलाई आर्थिक सहयोग प्राप्त भएको छ । विगत लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित रहनु भएका बयम्बुलाई प्रदेशिक युवा संजालले एक कार्यक्रमबिच सहयोग रकम हस्तान्तरण गरेको हो । विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको युवा संजालले वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी,वडा सदस्य कृष्ण बहादुर सोमै,स्थानीय आमा समूहका प्रतिनिधिहरुको उपस्थितिमा संजालका प्रतिनिधि गम बयम्बु मगरले पीडितलाई हस्तान्तरण गर्नुभएको हो । वैदेशिक रोजगारको लागि भारत तथा तेस्रो मुलुकमा रहेका ६ नम्बर वडा अर्चलेका युवाहरुको सक्रियतामा उपचार राहत संकलन गरिएको संजाल प्रतिनिधि बयम्बुले बताउनु भयो । युवा संजालबाट संकलन भएको १ लाख ४८ हजार १६६ र क्यान्सर पिडित आफन्तका ११ हजार गरि कुल १ लाख ५९ हजार १६६ रुपैयाँ घरमै पुगेर हस्तान्तरण गरिएको हो । उहाँका एक श्रीमती र आफू मात्र रहेको परिवारमा अहिले भाइ,बुहारी संगै रहेको बयम्बुलाई यस अघि जापानीज नागरिक काजुमासा काकिमी (ओके बाजे) ले १५ हजार र अन्य सहयोगी दाताहरुले करीब १९ हजार रुपैयाँ सहयोग प्रदान गरि सकेको छ । महिनै पिच्छे भरतपुर क्यान्सर अस्पताल पुग्नुपर्ने समस्या सुनाउदै बयम्बुले आर्थिक सहयोग रकम पाए पछि खुसी व्यक्त गर्नु हुँदै सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update