Erani Mahal
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा रेखीराम राना निर्वाचित
reekhi
पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्षमा रेखीराम राना निर्वाचित हुनु भएको छ । महासंघको जिल्ला अधिवेशनबाट रानाले उहाँका निकटतम प्रतिस्प्रधि कमलराज तिमिल्सेनाला हराउँदै ५९ मत प्राप्त गरी विजयी हुनु भएको हो । ९९ मतदाता रहेकाे पाल्पामा कुल खसेको ९२ मतमा कमलराज तिमिल्सिनालाई ३३ मतले पछि पार्दै राना विजयी हुनुभएकाे हाे । तिमिल्सिनाले २६ मत र अर्का अध्यक्षका प्रतिस्पर्धी जीवलाल सुवेदीले ४ मत प्राप्त गर्नु भएको छ । सचिवमा प्रतिस्पर्धी कृष्ण कार्कीलाई १ मतले पछि पार्दै यज्ञमुर्ति तिमिल्सिना निर्वाचित हुनु भएको छ । तिमिल्सिनाले ४२, कार्कीले ४१ र अर्का प्रत्याशी भोजराज भट्टराईले ४ मत प्राप्त गर्नु भएको थियो । सह-सचिव खुल्लामा रिमा सोमै निर्वाचित हुनुभएको छ । सोमैले ४७ मत र प्रतिस्पर्धी नारायण न्यौपानेले ४१ मत प्राप्त गर्नु भएको थियो । खुल्ला तर्फको ४ जना सदस्य पदको लागि भएको निर्वाचनमा कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की चयन भएको छ । पोखरेल सर्वाधिक ७५ मत सहित चयन हुनुभएको हो । विजयी उम्मेदवार रायमाझीले ४८, मल्लले ४१ र कार्कीले ४० मत प्राप्त गर्नु भएको छ । यस्तै २ जना राष्ट्रिय परिषद् सदस्यको लागि भएको निर्वाचनमा भगवान भण्डारी ६६ र देव बहादुर पचभैया ६० मत सहित चयन हुनु भएको छ । प्रतिस्पर्धी केशवराज नेपालले ४१ मत प्राप्त गरेको छ । निर्वाचन समितिका सदस्य भरत आचार्यले जानकारी दिनुभएको थियो । उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा सिर्जना घिमिरे, कोषाध्यक्षमा मुक्ति न्यौपाने,सहसचिव समावेशीमा कृष्ण दर्नाल, सदस्यमा समावेशी तर्फ जनजाति सदस्यमा अनिल लिगल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्यकमा रन बहादुर कुमाल निर्विरोध चयन भैसकेको छ । यस्तै प्रदेश परिषद् सदस्यमा नरभुपाल वि.क (मिलन) र सुकुम नेपाली निर्विरोध चयन भएको छ । यस्तै राष्ट्रिय परिषद् सदस्यमा गीता ज्ञवाली पनि निर्विरोध चयन भैसक्नु भएको छ । पाल्पाबाट केन्द्रीय समितिको लागि अध्यक्षमा विपुल पोखरेललाई ४१ मत, निर्मला शर्मालाई ४७ मत र गजेन्द्र बुढाथोकीलाई १ मत खसेको छ । लुम्बिनी प्रदेश तर्फ अध्यक्षमा भरत केसीलाई ४५ र वसन्त गिरीलाई ३८ मत प्राप्त भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update