Erani Mahal
निस्दी मित्याल स्थित पोखरादर लामेदमार मोटर बाटोको उद्घाटन
f (1)
पाल्पा - पुर्व भुमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले आन्तरिक पर्यटन र स्थानीय उत्पादनबाट निस्दीको विकास र आत्मनिर्भर रहन सक्ने बताउनुभएको छ । निस्दी गाउँपालिका - ४ , मित्याल स्थित पोखरादर लामेदमार मोटर बाटोको उद्घाटन गर्नुहुँदै सांसद रानाले निस्दीको विकासका लागि आफ्नो संधै साथ र सहयोग रहने बताउनुभयो । मोटरबाटो उपभोक्त समितिका अध्यक्ष दल प्रसाद ठाडाको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , उपाध्यक्ष रिता कुमारी अर्याल , नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ पाल्पाका संयोजक बुद्धिराज गौतम , नेकपा एमाले पाल्पा जिल्ला सदस्य देवीलाल लामिछाने लगायतले बोल्नुहुँदै गाउँमा मोटरबाटोको सुबिधा भएसंगै स्थानीय उत्पादन गरेर आत्मनिर्भर रहन अनुरोध गर्नुभएको थियो । ४ नम्बर वडा कार्यालय मित्यालका वडा सदस्य मन प्रसाद सोतीको स्वागतबाट शुरु भएको कार्यक्रममा गाउँमा मोटरबाटो पुगेपछि स्थानीयले खुशी भएर पाहुनाहरुलाई पन्चेबाजाद्वारा स्वागत गरेका थिए । लामेदमारदेखि पोखरादर सम्म करिब ३ किलोमिटर मोटरबाटो निर्माण गर्न निस्दी गाउँपालिकाले २० लाख रकम विनियोजित गरेको थियो । मोटरबाटो निर्माण भएपछि यस क्षेत्रका स्थानीयलाई अरुणखोला बजार जान र विभिन्न सामग्री ढुवानी गर्न सजिलो हुने जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आलेले बताउनुभयो । यसैबीच सांसद रानाको टोलिले सांसद कोष मार्फत १२ लाखको सहयोगमा निर्माण भैरहेको मुढाबास , रिपहा मोटरबाटोको अनुगमन गरेका छन ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update