Erani Mahal
निस्दीकाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि बालहित माविलाई
लषम (1)
पाल्पा - निस्दी गाउँपालिका मित्याल पाल्पामा सन्चालन भएको राष्ट्रपति रनिङ शिल्ड बालहित माध्यमिक विद्यालय सहलकोटले हात पारेको छ । चैत २२ र २३ गते २ दिन सम्म मित्यालको ज्याल्टुङ्ग खेल मैदानमा सन्चालन भएको विभिन्न १२ बिधाका खेल मध्ये ७ स्वर्ण,६ रजत सहित पहिलो भएको हो । त्यसैगरी सरस्वती माध्यमिक विद्यालय गल्धाले ६ स्वर्ण,१ रजत र ५ कास्य सहित दोस्रो र गौरीशंकर माध्यमिक विद्यालय मित्याल २ स्वर्ण ४ रजत र ३ कास्य गरि तेस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटले १ स्वर्ण,२ रजत र ३ कास्य,सरस्वती माध्यमिक विद्यालय ज्यामिरे १ स्वर्ण र २ रजत,गोरखनाथ माध्यमिक विद्यालय १ स्वर्ण,जनप्रीय माध्यमिक विद्यालय ज्यामिरे २ रजत र २ कास्य,जनता माध्यमिक विद्यालय गल्धा १ रजत र ३ कास्य र लक्ष्मी माध्यमिक विद्यालय झिरुबासले १ कास्य पदक जितेको थियो । जम्मा ९ वटा विद्यालयको सहभागिता रहेको छात्र भलिबलमा सरस्वती माध्यमिक विद्यालय गल्धाले सरस्वती माध्यमिक विद्यालय ज्यामिरेलाई ३-१ को अन्तरमा पराजित गरेका थिए भने छात्रा तर्फको भलिबल प्रतियोगितामा गौरीशंकर माध्यमिक विद्यालय मित्यालले बालहित माध्यमिक विद्यालय सहलकोटलाई २-० ले पछाडि पारेको थियो । मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा चलेको पुरस्कार वितरण समारोहमा पदक बिजेता विद्यार्थीहरुलाई ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update