Erani Mahal
तानसेनको काजिपौवामा जीप दुर्घटना : दुइ जनाको निधन !
jeepaccidenttt
पाल्पा- तानसेनको काजिपौवामा बोलेरो जीप दुर्घटना भएकाे छ । दुर्घटनामा परेर दुईजनाको मृत्य भएको प्रहरीले जनाएकाे छ । गए राती साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको बोलेरो जीप दूर्घटना हुदा चालक बगनासकाली ५ का बर्ष २० का बिजय खाम्चा र रिब्दीकोट ४ का बर्ष २७ का राज थापाको युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कुखुरा बोक्ने पिक अप जीप अचानक बाटो देखी २० मिटर तल खस्न जाँदा सवारी चालक जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २० को बिजय खाम्चा र सोही सवारी साधनमा सवार जिल्ला पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २७ को राज थापा घाईते भएकोमा निज घाईतेहरुलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएकोमा डाक्टर द्वारा मृत घोषणा गरेका थिए । सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update