Erani Mahal
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
pradesh_5_bI0d0OXr5B-2
बुटवल - लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्र्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकपछि अधिवेशन अन्त्य निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयाे । मन्त्री चाैधरीले बिजनेस नभएका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु गरेको बताउनुभयाे । आजकै बैठकले करसम्बन्धी निर्णय पनि पारित गरेको छ । मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुनेछ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update