Erani Mahal
निस्दीमा रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
nisdddd (1)
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २२ गते देखि सन्चालन भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७ मुल आयोजक समितिका सदस्री तथा गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको अध्यक्षमा चलेको उद्घाटन समारोहका मुख्य पाहुमा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा बोल्दै प्रबक्ता सुनारीले विद्यार्थीहरुको शैक्षिक बिकासका लागि मात्र नभई शारीरिक बिकासमा जोड दिनुपर्ने बताउनु भयो । निस्दीको खेल मैदान झ्याल्टुङमा सन्चालन भएको प्रतियोगितामा जम्मा १२ वटा माध्यमिक विद्यालय मध्ये ११ वटा विद्यालयले सहभागिता जनाएका छन् । भलिबल,दौड,शटपुट,हाइजम्प लगायतका छात्र-छात्रा गरि जम्मा ९ विधाका खेलहरु सन्चालन भएको आयोजकले जनाएको छ । आइतबार सन्चालन भएको प्रतियोगितामा बालहित माध्यमिक विद्यालय सहलकोटले ४ स्वर्ण र १ रजत जितेको छ भने सरस्वती माध्यमिक विद्यालय गल्धाले ३ स्वर्ण १ कास्य जितेको छ । त्यसैगरी गौरीशंकर माध्यमिक विद्यालय मित्यालले १ स्वर्ण,४ कास्य,सरस्वती माध्यमिक विद्यालय ज्यामिरे,लक्ष्मी माध्यमिक विद्यालय झिरुबास,जनक माध्यमिक विद्यालय झिरुबास र अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटले समान १/१रजत १/१ कास्य जितेको छ । प्रतियोगिताका बाँकी खेल सोमबार बिहान ७ बजे देखि सन्चालन हुने छन् । मुल आयोजक समितिका सचिब केश बहादुर सुनारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन प्रेम बहादुर बाकाबलले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update