Erani Mahal
माथागढी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
khel
पाल्पा- जिल्लाको माथागढी गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज बाट सुरु भएको हो । पालिकाका १६ बिध्यालयको सहभागीता रहेको प्रतियोगिताको उत्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा पालिकाका अध्यक्ष सन्तोष कुमार थापाले खेल कुद सामाग्री हस्तान्तरण गर्दै उत्घाटन गर्नु भयो । माथागढी गाँउपालिका वडा नं.४ का अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । संचालन शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाँउपालिका अध्यक्ष सन्तोष कुमार थापाले बिद्यार्थी बर्गहरुलाई खेलकुद क्षेत्रमा अगाडी बडाउन पालिकाले जुन सुकै कार्यक्रम सन्चालन गर्न तयार भएको बताउदै आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रम नियामित रुपमा सन्चालन गरिने बताउनु भयो ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update