Erani Mahal
गुल्मीदरबार गाउँपालिका लुम्बिनि प्रदेशमै पहिलो
gulmi-darbar-696x522
गुल्मी-गुल्मीदरबार गाउँपालिकाको आ.व. २०७६/०७७ को `स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन´ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी गरिएको कार्यविधि अनुसार लुम्बिनि प्रदेश मै पहिलो पटक र नेपालका ७५३ स्थानिय तहमा २३ औ नम्बरमा सार्वजनिक गरेको छ । विभिन्न १० वटा सूचकहरुमा मूल्याङ्कन गरि पालिकाको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न यो कार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो । विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयको विषयगत क्षेत्रमा मन्त्रालयले तयार गरेको सफ्टवेयरमा विवरण प्रविष्ट गरी समग्र स्थिति, प्रकृयागत स्थिति र परिमाणात्मक स्थिति कार्यपालिकाको बैठकबाट अनुमोदन गर्दै लुम्बिनी प्रदेशबाट पहिलो पटक र नेपालभरबाट २३ औं नम्बरमा परेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भएको छ । पाण्डेका अनुसार उक्त कार्यको मुल्याङ्कन सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक गरिएको छ । चालु आ.व. ०७७/०७८ को लागि उत्कृष्ठ नजिता प्राप्त गर्न तोकिएका क्षेत्रहरुमा आवश्यक कार्यहरु समेत सम्पादन भै सकेका र भै रहेका पनि बताउनुभयो । चालु आ.व. ०७७/०७८ को लागि उत्कृष्ठ नजिता प्राप्त गर्न तोकिएका क्षेत्रहरुमा २०७७ श्रावण देखि नै आवश्यक कार्यहरु समेत सम्पादन भै सकेका र भै रहेका छन् । स्वमूल्याङ्कनको लागि आवश्यक मार्गदर्शन र समन्वय गर्नुहुने गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू, अहोरात्र खट्नुहुने शाखा प्रमुख तथा पालिकाका सम्पूर्ण कर्मचारीहरुलाइ धन्यवाद आभार प्रकट गर्दै २०७७/१२/१७ देखि २२ गते सम्म स्वमूल्याङ्कन कार्यशाला गोष्ठीमा सहजिकरण गर्नुहुने जिल्ला समन्वय अधिकारी बिजयकुमार कार्की र स्वतन्त्र विज्ञ शसञ्जीवनी अर्यालज्यूलाई प्रमुख प्रशासकीय अधिकृत पाण्डेले विशेष धन्यवाद ब्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update