60
Shares
माथागढीका महिलालाई चुरा बनाउने तालिम प्रदान

रानीमहल संवाददाता || २२ चैत्र २०७७,आईतवार १७:२५
पाल्पा- माथागढीका महिलालाई चुरा बनाउने तालिम प्रदान गरिएको छ । गाँउपालिकाद्वारा महिला मागमा आधारित कार्यक्रम अन्तरगत ५ दिने चुरा बनाउने तालिम दिइएको हो ।
माथागढी गाउँपालिका वडा नं. ५ हात्तिलुङमा तालिम विहिबारबाट सुरु भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाइ आयातित बस्तु कम गर्न र रोजगारी सृजना गर्ने उद्देश्यले तालिम संञ्चालन गरेको माथागढी गाँउपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो । तालिममा ४० जना महिला सहभागी भएका छन ।