Erani Mahal
पत्रकार महासंघ पाल्पामा २९ जनाको उम्मेद्वारी
fnj
पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पाको अधिवेशनको लागि २९ जनाको उम्मेद्वारी परेको छ । महासंघको नयाँ विधान अनुसार २५ गते हुने संघीय संरचना अनुसारको प्रत्यक्ष निर्वाचनमा विभिन्न पदमा २९ जनाको मनोनयन परेको निर्वाचन अधिकृत जोगबहादुर विश्वकर्माले बताउनुभयो । अध्यक्ष पदका लागि कमलराज तिम्लिसेना, रेखीराम राना र जीवलाल सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । यस्तै उपाध्यक्षमा भरत शर्मा, समावेशी उपाध्यक्षमा सिर्जना घिमिरे, सचिवमा कृष्ण कार्की, यज्ञमुर्ति तिमिल्सेना, भोजराज भट्टराईको उम्मेद्वारी परेको छ । यस्तै कोषाध्यक्षमा मुक्ति न्यौपाने, सहसचिव खुलामा नारायण न्यौपाने, रिमा सोमै, सहसचिव समावेशीमा कृष्ण दर्नालको उम्मेद्वारी परेको छ । सदस्यहरुमा अमृत अधिकारी, दुर्गेश मल्ल, अनिल लिगल, भुवन रायमाझी, कृष्ण प्रसाद पोखरेल, रनबहादुर कुमाल, दयाराज न्याैपाने, विजय बौडेल, सुनिल कार्की, सितादेवी डोटेल, विष्णु घिमिरेको मनोनयन परेको छ । यस्तै केन्द्रीय परिषद् सदस्यमा भगवान भण्डारी, देवबहादुर पचभैया, गीता ज्ञवाली, केशवराज नेपालको मनोनयन परेको छ । यस्तै प्रदेश परिषद् सदस्यको लागि नरभूपाल विक, सुकुम नेपालीको मनोनयन परेको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले रानीमहललाई जानकारी दिनुभयो । अध्यक्ष सहित १५ जनाको कार्यसमितिमा उपाध्यक्ष, कोषाध्यक्ष र समावेशी सहसचिवमा एक जनाको मात्र मनोनयन परेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update