Erani Mahal
रामपुरको स्लो मोटरसाइकल ड्राइभिङ्ग प्रतियोगितामा बिक्रम प्रथम
da (1)
पाल्पा - ट्राफिक सचेतनाको लागि पाल्पाको रामपुरमा भएको स्लो मोटरसाईकल ड्राइभिङ्ग प्रतियोगितामा निस्दीका बिक्रम श्रेष्ठ प्रथम भएका छन् । पाल्पाको रामपुरमा पहिलोपटक रामपुर ड्राईभिङ्ग स्कूलले सञ्चालन गरेको स्लो मोटरसाइकल प्रतियोगितामा ४२ प्रतियोगिले भाग लिएका थिए । अन्य सहभागीलाई पछि पार्दै निस्दी गाउँपालिका ५ गल्धाका श्रेष्ठ प्रथम भएका हुन् । निर्धारित २० मिटरको दुरी श्रेष्ठले १ मिनेट १६ दशमलव ६४ सेकेण्डमा पार गरेका थिए । प्रतियोगितामा १ मिनेट ७ दशमलव ७० सेकेण्ड समयमा पार गरेर रामपुर ५ का सचिन अधिकारी द्वितिय हुन सफल भए भने सो दुरी १ मिनेट १ दशमलव ९५ सेकेण्डमा पार गर्दै रामपुर ३ का प्रकाश ज्ञावली तृतिय भए । प्रतियोगितामा विजयी प्रथमले नगद ५ हजार, द्दितियले नगद २ हजार ५ सय र तृतीयले नगद १ हजार ५ सय प्राप्त गरेका छन् । विजेतालाई पुरस्कार वितरण गर्नुहुर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्लो मोटरसाइकल प्रतियोगिताले राम्रो सन्देश गएको बताउनुभयो । तिव्रगतिका कारण पछिल्लो समय सवारी दुर्घटनामा बढेको छ थापाले भन्नुभयो- यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालनामा सचेत बनाउछ । सवारी साधन सही नियममा चलाए आफ्नो जिउधन बच्ने हुँदा आफ्नो सवारीले आफ्नै ज्यान जोखिममा पारेर कुदाउने प्रवृत्ति ठिक नभएको उहाँले बताउनुभयो । रामपुर ड्राईभिङ्ग स्कुलका सञ्चालक जायश्वर पाण्डेको अध्यक्षतामा ड्राइभिङ्ग स्कुल बेझाड खेतमा भएको प्रतियोगिताको संचालन निलकण्ठ भण्डारीले गर्नुभएको हो।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update