Erani Mahal
गुल्मीमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि सचेतना गोष्ठी
janagadna
गुल्मी– गुल्मीमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धि सचेतना गोष्ठी आयोजना गरिएको छ । राष्ट्रिय जनगणनाको अवसरमा जिल्लास्तरीय सचेतना गोष्ठी आयोजना गरिएको हो । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन सचेतना गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताउनुभयो । आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रमुख, पत्रकार लगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update