Erani Mahal
निस्दीमा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न
168034457_487857295912689_6359162528577129709_n
पाल्पा - निस्दीमा तेस्रो अध्यक्ष कप अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगिता शनिबार सकिएको हो। पालिका खेलमैदान मित्याल , झ्यालतुङमा भएको पुरुष तर्फ प्रथम निस्दी - ५ , गल्धा , द्दितीय निस्दी - २ , सहलकोट , तृतीय निस्दी - ४ , मित्याल र सन्तावना निस्दी - ३ , झिरुबास भएका छन । त्यस्तै महिला तर्फ प्रथम निस्दी - ५ , गल्धा , द्दितीय निस्दी - ४ , मित्याल , तृतीय निस्दी - ७ , ज्यामिरे र सन्तावना निस्दी - ३ , झिरुबास भएका छ्न । पुरुष भलिबल तर्फ प्रथम , द्दितीय , तृतीय र सन्तावनाले क्रमश: नगद रु ४० हजार , ३० हजार , २० हजार , १० हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। महिला भलिबल तर्फ प्रथम , द्दितीय , तृतीय र सन्तावनाले क्रमशः नगद रु. २० हजार , १५ हजार , १० हजार , ५ हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्नुहुँदै अर्यालले निस्दीमा खेलकुद विकासको लागि आगामी दिनमा पालिका सबैसँग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता गर्नुभएको छ । खेलकुद समन्वय समिति निस्दीका अध्यक्ष नविन्द्र थापा सोतीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रेम बहादुर बाकाबलले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update