Erani Mahal
पाल्पाको रामपुरमा चैते धान खेतीको रोपाइ सुरु
ropai
पाल्पा - पाल्पाको रामपुर नगरपालिकामा चैते धान खेतीको रोपाई सुरु गरिएको छ । चैते धान पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान खेतमा तीन सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान रोपिदैछ । वडमान खेतमा अन्र्तक्रिया तथा रोपाई शुभारम्भ कार्यक्रम प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको आतिथ्यतामा भएको हो । उहाँले पछिल्लो समय चैते धान लगाउने कृषक कम हुदै गएको बखत बडमानका कृषकले निरन्तर रूपमा खेति गर्दै आएको बताउनुभयो । तल्लो वडभान कृषक समूह रामपुर नगरपालिका वडा नं ४ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । तल्लो वडमान क्षेत्रमा बिगत वर्षदेखि चैते धान खेतिमा पकेट कार्यक्रम संचालन भएको छ । यसवर्ष तीन सय दुई रोपनी क्षेत्रफलमा नगरपालिकाको सहयोगमा पकेट कार्यक्रममार्फत धान रोपाई गर्ने कार्यक्रम अनुसार कृषकले रोपाई थालनी गरेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो । चैते धान रोपाई कार्यमा कृषक उत्साहजनक रूपमा लागेका छन् । कार्यक्रमका अवसरमा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली लगायतले बोल्दै परम्परा देखि गरिदै आएका खेतिलाई संरक्षण गर्दै खेति गरेकोमा कृषकलाई धन्यवाद दिनुभयाो । पकेट समुहमा ३० जना कृषक आबद्ध छन् । समुहका सचिव पविसरा पचभैयाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन समुहका पुर्व अध्यक्ष बलबहादुर पोखरेलले गर्नुभएको थियो भने समुहका अध्यक्ष ओमबहादुर रानाको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update