Erani Mahal
महिला स्वयम सेवीकालाइ प्रोत्साहन रकम सहित विदाइ
swemsebika
तिलाचन पाण्डे गुल्मी- गुल्मीमा ६० बर्ष उमेर कटेका स्वंयम सेबिकाहरुलाई २० हजार नगद र सम्मान सहित बिदाई गर्न लागिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । लामो समय सम्म स्थानीय स्तरमा रहेर काम गरेका र ६० बर्ष उमेर कटेका ८० जना स्वंयम सेबिकाहरुलाई बिदाई गर्न लागिएको डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय तहको सिफारिसको आधारमा उनीहरुको खातामा रकम पठाउन लागिएको कार्यालयले जनाएको छ । यस्तै गुल्मीमा स्वास्थ्य स्वंयम सेबिका छनोट भई तालिम नपाएकाहरुलाई १८ दिनको तालिम प्रदान गरिएको छ । समुदाय परिचालनको भुमिका निर्वाह गर्ने तर तालिम नपाएका स्वास्थ्य स्वंयम सेबिकाहरुलाई तालिम प्रदान गरिएको शर्माले जानकारी दिनुभयो । दूई चरणमा गरी मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाका ४६ जना स्वंयम सेबिकाहरुलाई तालिम प्रदान गरिएको छ भने धुर्कोट गाउँपालिकामा सुरुवातको चरणमा रहेको शर्माको भनाई छ । यस्तै कालीगण्डकी , गुल्मीदरबार र छत्रकोट गाउँपालिकाका स्वास्थ्य स्वंयम सेबिकाहरुलाई पनि तालिम प्रदान गर्ने गरि लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्थानीय स्तरमा आमा र बच्चाको बारेमा स्वास्थ्य सम्बन्धी ज्ञान ,प्राथमिक स्वास्थ्य प्रदान र पोषण सम्बन्धी तालिममा सिकाइएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए । तस्विर प्रतिनिधि फाइल ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update