Erani Mahal
नेकपा एमालेको अगुवा कार्यकर्ता भेला रामपुरमा
166794594_320202686114258_2765072242411702807_n
पाल्पा - नेपाल कम्युनिस्ट पार्टी एमाले रामपुर नगरपालिका पाल्पाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेकपा एमाले रामपुर नगर इन्चार्च राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर रानाले बर्तमान राजनीतिक घट्ना क्रमको बारेमा बोल्नु हुँदै “ नेकपा माओवादी केन्द्र पनि हाम्रो मित्र भएकोले उहाँहरुलाई मित्रबत व्यबहार गर्नुपर्ने बताउनुभयो। हिजो नेकपा एक भएको स्थितिमा माधव नेपाल पक्षमा लाग्नु भएका साथीहरूलाई समेत समेटेर लैजानुको बिकल्प छैन उहाले भन्नुभयो। पाल्पा जिल्लाको हकमा माधब नेपाल र केपि ओलि को गुट भनेर कोहि कसैलाई काखा पाखा गर्न पाइने छैन तर पार्टिमा बस्ने तर पार्टी भित्रै समानान्तर गतिबिधी गर्नेलाई भने माफी दिन नसक्ने रानाको थियो। “ पाल्पा क्षेत्र नम्बर १ का सङ्घिय साम्सद समेत रहनु भएका नेता रानाले बोल्नु हुँदै “रामपुर क्षेत्रमा ११ करोड ५० लाखको बिभिन्न योजनाको टेन्डर यहि हप्ता खुलेको बताउनु भयो। रामपुर नगरपालिकाका १ सय ६१ घरलाई कर्कट पाताले छाउनका लागि प्रती घर ५० हजार दिने कार्यक्रम रहेकाले आउदो २७ गते भित्रमा त्यस्ता ब्यक्तिहरुको नामावली दिनको लागि अनुरोध गर्नु भयो। कार्यक्रममा बोल्नुहुदै एमाले पाल्पाका अध्यक्ष एवम् प्रदेश साम्सद नारायण प्रसाद आचार्यले सबै जना सच्चिएर पार्टी एकताको काममा लाग्नुपर्नेमा जोड दिनुभयो। नेता आचार्यले ब्यतिगत कुरा लाई भन्दा पनि सस्थागत कुरा प्रमख भएकाले सबैले आत्मसमिक्षा गर्नुपर्ने बताउनुभयो । गर कमिटी सदस्य राधिका भण्डारीको स्वागत बाट भएको कार्यक्रममा संविधान सभा सदस्य राधाकृष्ण कडेल, प्रदेश साम्सद युबराज खनाल, पाल्पा-काठमाडौ सम्पर्क मन्च अध्यक्ष निल सारु लगायतले बर्तमान राजनितीक सन्दर्भमा बोल्नु भएको थियो। न्यु श्रीनगर होटेल बेझाडमा भएको कार्यक्रम को सन्चालन दामोदर पाठकले गर्नु भएको हो ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update