Erani Mahal
निस्दीमा तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु
168492182_191639379210408_5716230697497483840_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सन्चालन शुक्रवार देखि शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिका अध्यक्ष नबिन्द्र थापा सोतीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो । प्रतियोगितालाई उद्घाटन गर्दै प्रमुख अतिथि सारुले खेलकुदको बिकासमा युवाहरूको भुमिका महत्त्वपूर्ण हुने बताउदै निस्दीलाई खेलाडीहरुको गाउँपालिका भनेर चिनाउनु पर्नेमा जोड दिनुभएको थियो । शुक्रवार सन्चालन भएको पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर-४,मित्यालले वडा नम्बर-७,ज्यामिरेलाई २५-१०,२५-११ र १५-४ को अन्तरमा, वडा नम्बर-५,गल्धाले वडा नम्बर-३,झिरुबासलाई २५-२३ र २५-२० को सोझो सेटमा पराजित गरेका थिए भने निस्दी-१,बाकामलाङले वडा नम्बर-६,अर्चलेलाई २८-२६ र २५-२० को अन्तरमा पराजित गरेका थिए । त्यसैगरी महिला भलिबलमा ज्यामिरेले सहलकोटलाई २०-२५,२५-२३ र २५-१३ को अन्तर पराजित गरेका थिए । लिग सिस्टममा सन्चान भएको प्रतियोगिताको दोस्रो दिन शनिबार पुरुष भलिबलमा ज्यामिरे र सहलकोट र महिला भलिबलमा मित्याल र झिरुबाँस बिच प्रतिस्पर्धा हुनेछ । समितिका सचिब प्रेम बहादुर बाकाबलको सन्चालनमा भएको प्रतियोगिता निस्दी गाउँपालिकाको झ्याल्टुङ खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा ७ वटै वडाको सहभागिता रहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update