Erani Mahal
गुल्मीमा डढेलोमा जलेर एक बालिकाकाे मृत्यू
Fire-Aago
गुल्मी-गुल्मीको धुर्कोट गाउँपालिकामा आज एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो । उनी खोलाबाट नुहाएर आउनेक्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update