Erani Mahal
पाल्पामा कोरोनाको कारण निधन हुनेको संख्या ३७ पुग्यो
Corona Sab
पाल्पा- पछिल्लो अपडेट अनुसार पाल्पा जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भई निधन भएको छ । पछिल्लो समयमा पाल्पा जिल्लाको ७७ वर्ष तथा ८८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । रामपुर र तानसेन नगरपालिकाका उनीहरुको कोरोना परीक्षणको क्रममा पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले बताउनुभयो । पाल्पामा परीक्षण पुष्टि भएका कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेको पन्थीले बताउनुभयो । पाल्पामा अहिलेसम्म कुल ३७ जनाको कोरोनाको कारणले निधन भएको सूचना अधिकारी पन्थीले बताउनुभयो । पाल्पामा सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ भने १ हजार ९ सय ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update