Erani Mahal
रामपुरकाे इस्लामपुर कप क्रिकेटको उपाधी रक एक्सआई वालिङलाइ
IMG_9126
पाल्पा- चैत्र १२ देखि रामपुरमा जारी चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिताको उपाधी रक एक्सआई वालिङले हात पारेको छ । बुधबार दिउँसो भएको फाईनल खेलमा न्यू क्रियटिभ युथ क्लव वालिङलाई नौ विकेटले पराजित गर्दै रक एक्सआई वालिङले उपाधी जितेको हो । रामतुलसी माविको खेल मैदान भएको खेलमा टस जिटेर व्याटिङ्ग रोजेको न्यू क्रियटिभ युथ क्लवले ७ विकेट गुमाउँदै रक एक्सआईलाई १ सय ३८ रनको टार्गेट दिएको थियो । लक्ष्य पछ्याएको रक एक्सआई वालिङले निर्धारित १५ ओभरको खेलमा १४ ओभरमा १ विकेट गुमाउँदै रकएक्सआई वालिङले लक्ष्य भेटाएको थियो । पहिलो इनिङ्गमा सुरुवाती व्याटिङ्ग सम्हालेका न्यू क्रियटिभ युथका विरु तमु पहिलो ओभरको दोस्रो बल मै क्याचआउट हुन पुगेका थिए । यसरी नै लगातार दोस्रो ओभरको तेस्रो बलमा मनोज सुनार पनि शुन्य रनमा क्याच आउट हुन पुगे । न्यू क्रियटिभ युथ क्लवका विवेक भण्डारी पनि २७ रनको योगदान संगै पाँचौ ओभरको ५ बलमा बोल्ड भएर बाहिरिए । १४ रनको योगदान दिएका आश्विनी राना पाँचौ ओभरको पाँचौ बलमा क्याच आउट भएका थिए । १० औं ओभरमा विमल भण्डारी, १२ औं ओभर तेस्रो बलमा लोकेन्द्र सोमै र अन्तिम ओभरमा केशव पौडेल क्याच आउट भएका थिए । न्यू क्रियटिभ युथ क्लवका लागि विमलले २०, लोकेन्द्रले १२ र केशव पौडेलले २४ रनको योगदान दिएको थियो । न्यू क्रियटिभ युथ क्लवका लागि विशाल कोईरालाले ४३ रनको योगदान दिएको थियो । रक एक्सआई वालिङका याम क्षेत्रीले पहिलो इनिङ्गमा ३ विकेट लिएका थिए । दोस्रो इनिङ्गमा लक्ष्य पछ्याउने क्रममा रक एक्सआई वालिङका तर्फ बाट सुरुवाती व्याटिङ्ग सन्दिप खत्री र अमृत गुरुङले सम्हालेका थिए । ३६ रनको योगदान दिएका सन्दिपले अन्तत ७ औं ओभरको ५ बलमा बोल्ड भएर बाहिरिए । न्यू क्रियटिभ युथ क्लवका आश्विनी रानाले गरेको बलिङ्गमा सन्दिप बोल्ड हुन पुगेका थिए । त्यस्तै सन्दिप बाहिरिए संगै व्याटिङ्ग सम्हाल्न पुगेका विष्णु पाण्डेले आक्रामक व्याटिङ्ग गरेका थिए । उनको रनको सहायतामा रक एक्सआईले १४ ओभर मै लक्ष्य पुरा गरेको थियो । उनले व्यक्तिगत ७० रनको योगदान दिएका थिए । सुरुवाती व्यटिङ्गमा रहेका अमृतले भने १५ रनको योगदान दिएका थिए । यस संगै ईस्लामिक सक्रिय युवा समाज रामपुर द्वारा आयोजित चौथो इस्लामपुर कप क्रिकेटको उपाधी विजेता रक एक्सआई वालिङ बनेको छ भने उपविजेता न्यू क्रियटिभ युथ क्लव वालिङ बनेको छ । १३ समुहको सहभागीता रहेको प्रतियोगितामा रामपुर नगरपालिका ८ ले फियर प्ले अवार्ड प्राप्त गरेको छ । प्रतियोगितामा वेष्ट बलर न्यू क्रियटिभ युथ क्लव वालिङका खगेन्द्र थापा, वेष्ट व्याट्सम्यान एवं म्यान अफ दि सिरिज न्यू क्रियटिभ युथ क्लवका आश्विनी राना र इमर्जिङ्ग प्ले अवार्ड वडा नं. ८ का पूर्ण घर्तीले प्राप्त गरेको छ । प्रतियोगिताका विजेताले नगद १ लाख राशी, उपविजेताले नगद ५० हजार र फियर प्ले अवार्ड विजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। “खेल क्षेत्रमा रामपुरको पहिचान, प्रवद्र्धन साथै खेलाडीहरुको उत्पादन” भन्ने नाराका साथ भएको प्रतियोगिता सम्पन्न भए संगै विजेतालाई एक समापन समारोहका विच पुरस्कार प्रदान गरिएको थियो । जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं लुम्बिनी प्रदेशका कोषाध्यक्ष राजेश श्रेष्ठले पुरस्कार प्रदान गर्नु भएको थियो । विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै श्रेष्ठले क्यान आफै आर्थिक समस्यामा रहे पनि रामपुर क्षेत्रको क्रिकेटको विकासको लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले क्रिकेटको विकासको लागि टेनिस संगै अब ड्युज बलको प्रयोग तर्फ जानु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय क्लवहरुले व्यवस्थापन गरेमा १५ दिनको लागि प्रशिक्षक पठाउने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष समसुल हकमियाँले रामपुर क्षेत्रमा क्रिकेटको उत्थानमा इस्लामिक सक्रिय समाजको भुमिका अग्रभागमा रहेको बताउनुभयो । समाजसेवी हमिद अली मियाँले खेलको विकास बाट युवाहरुलाई सक्रिय बनाई समाज रुपान्तरणमा सहज हुने बताउनुभयो । कार्यक्रममा रामपुर फिटनेश क्लवका सञ्चालक ल्याक्सी श्रेष्ठले विगतको तुलनामा खेल क्षेत्रमा अझै पनि विकास हुन नसकेको बताउनुभयो । ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकट अलीको अध्यक्षतामा भएको कार्यक्रम प्रचार प्रसार संयोजक रहिम मियाँको स्वागत र सचिव अमिन शेखको सञ्चालनमा भएको हो । कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने व्यक्तित्वहरुलाई क्लवले सम्मान गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update