Erani Mahal
रामपुरमा सूर्यमुखी फुलकाे पकेट क्षेत्र बनाइने
shiva-aryal-suryamukhi--scaled
पाल्पा- सुर्यमुखी पकेट सम्बन्धी अभिमुखिकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । सुर्यमुखी पकेट संचालन समिति रामपुर नगरपालिका वडा नं ५ को आयोजना र कृषि ज्ञानकेन्द्र पाल्पाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । पकेट समितिका अध्यक्ष बलबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल रहनुभएकाे थियाे । उनले पाल्पा जिल्लाको रामपुर नगरपालिकामा तोकेर कार्यक्रम परेको बताउदै सुर्यमुखीलाई पाल्पामा उदाउदो बालिका रुपमा लिने गरिएको बताउनुभयाे । रामपुर सुर्यमुखीको लागि सम्भावना क्षेत्र रहेकाले आयआर्जनतर्फ कृषकलाई उन्मुख गराउन पकेट कार्यक्रम संचालन गरिएको अध्यक्ष अर्यालले बताउनुभयाे । उहाँले यस कार्यक्रम संचालनका लागि ज्ञानकेन्द्रले छ लाख वजेट विनियोजन गरेको बताउदै पकेट क्षेत्रमा आबद्द कृषकले कम्तीमा पनि दुई रोपनि क्षेत्रफलमा सुर्यमुखी खेति गर्नुपर्ने बताउनुभयाे । यस कार्यक्रमलाई जिल्लाले महत्वका साथ हेरेको बताइएको छ । अभिमुखिकरण कार्यक्रमका अवसरमा सहभागी कृषकले सुर्यमुखी खेति, मलजल, सिंचाइ, रोग किरा, बजारिकरणका सन्दर्भमा जानकारी लिएका छन् । रामपुर नगरपालिका वडा नं ५ को बेझाड खेतमा करिव एक सय ५० रोपनी क्षेत्रफलमा पहिलोपटक पकेट क्षेत्रका रूपमा सुर्यमुखी खेति गरिदैछ । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्लले वडा नं ५ भित्र तोरीमा र सुर्यमुखी खेतिमा पकेट कार्यक्रम संचालन गरी तेलजन्य पदार्थको आयात कम गर्ने उद्देश्य रहेको जानकारी दिनुभयाे । अभिमुखिकरण कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले कृषक र जनप्रतिनिधि संग छलफल गरेर काम थालनी गरिएको र खेति गर्नका लागि कृषकको ५०% लगानी र ज्ञानकेन्द्रको ५०% अनुदानमा कार्यक्रम संचालन गरिएको जानकारी गराउदै आवश्यक परेको समयमा कृषकलाई सहयोग गर्ने बताउनुभयाे । वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले पकेट कार्यक्रम सफलताको शुभकामना दिनुभयाे । कार्यक्रममा स्वागत पकेट समितिका नगिलाल पौडेलले गरेका थिए । कार्यक्रमको संचालन रामपुर नगरपालिका कृषि शाखाका प्राबिधिक प्रज्वल केसीले गरेका थिए । पकेट कार्यक्रमका सन्दर्भमा कृषि ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत मुकेश रामजालीले जानकारी गराए ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update