Erani Mahal
नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र १ काे शाेक सभा कार्यक्रम
167028653_905253673594171_4551010958689734298_n
पाल्पा- नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ पाल्पाले पार्टीका महासमिति सदस्य ज्ञान बहादुर गाहाको पिताको निधनमा शोक सभा गरेको छ । गाहाको घर रामपुर ९ जब्कादीमा पार्टीका जिल्लाका नेता तथा प्रदेश सदस्य सहित नेता कार्यकर्ताको उपस्थितिमा दिवंगत डिल बहादुर गाहाको ५ औ दिनको पुण्यतिथिमा शोक सभा भएको हो । शोक सभामा बोल्दै नेपाली काङ्ग्रेस पाल्पा जिल्ला सभापति तथा प्रदेश सभा सदस्य वीर बहादुर रानाले लोकतान्त्रिक बिचारधाराका गाहा परिवारको देन पार्टीमा उल्लेख्य रहेको स्मरण गर्नुभयो । भौतिक शरीर रहेसम्म सदा समाज र परिवारको भलाइमै लाग्ने उहाँका सन्तति पनि सामाजिक विकासमै खटिएर राम्रो सन्देश दिएको बताउनुभयो । नेपाली काङ्ग्रेस पाल्पाका पुर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले दुखको बेला सहानुभुति महत्व राख्ने बताउनुभयो । नेपाल महिला संघका केन्द्रिय सदस्य रमा पन्तले लोकतान्त्रिक प्रजातान्त्रिक भुमिकामा महत्वपूर्ण छवि बनाएका डिल बहादुर गाहाको गोरेटो अबका पिढिले अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल मगर संघका जिल्ला सभापति झमनराज मगरले आदिवासी जनजातिको छोराले आफ्नो पेसा सहित घरमा आउदा जादा पार्टीप्रतिको आशाले जगाएको भरोसाको प्रशम्सा गर्नुभयो । डिल बहादुर गाहाको भारतीय सेवा र यहाँको चर्चा बारे केशबराज पङ्रेनीले जानकारी दिनुभएको थियो । परिवारको तर्फबाट मृतकका छोरा नेपाली काङ्ग्रेस महासमिती सदस्य ज्ञान बहादुर गाहाले धन्यवाद दिनुभएको थियो । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति सन्तोष थापाको अध्यक्षतामा भएको शोक सभाको संचालन क्षेत्रीय सचिब ज्ञान प्रसाद अर्यालले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update