Erani Mahal
रामपुर ८ मा लघु उद्यम विकास कार्यक्रम :सरफ उद्याेग संचालन गर्ने प्रतिवद्धता
rA (1)
पाल्पा - गरीबी निवारणका लागि संचालित लघु उद्यम बिकास कार्यक्रम अन्तर्गतको तालिम रामपुर नगरपालिका ८ आपचौरमा सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोग र रामपुर नगरपालिकाको आयोजनामा ८ दिन सम्म चलेको व्यबसाय सचेतना, शुरु तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम एक कार्यक्रमका बिच सम्पन्न भएको हो । तालिम समापन कार्यक्रमका अबसरमा बोल्दै रामपुर नगरपालिका ८ का वडा अध्यक्ष बोम बहादुर नामजालीले महिलाहरुमा आर्थिक वृद्धि भए समाजका हरेक तहमा आफै अगाडी बढ्ने हिम्मत जुट्ने हुदा व्यबसायिक बन्न आग्रह गर्नुभयो । वडामा सरफ बनाउने तालिम अहिले उपयुक्त रहेको बताउदै उहाँले यसका लागि आवश्यक परामर्श र थप ज्ञान सीप सिकेर सरफ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । रामपुर नगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य गीता क्षेत्रीले उद्यमशिलता र व्यबसायिकता लाई जोड दिदै अघि बढ्न अनुरोध गर्नुभयो । वडा सदस्य मोहन प्रसाद श्रेष्ठले वडामा संचालित लघु उद्यम बिकास कार्यक्रमका दिदीबहिनीले सरफ बनाउने तालिमलाई प्राथमिकता दिएर गर्नुपर्नेमा जोड दिनुभयो । "सरफ मात्र गराउन सकेपनि राम्रो आम्दानी लिन सकिन्छ उहाँले भन्नुभयो- तालिमले समुहमा व्यबसाय गर्नेदेखी व्यबसाय चलाउने र बजारीकरणको बारेमा दिएको ज्ञानले सिकाई प्रभावकारी बनाएको छ । तालिमका प्रशिक्षण लघु उद्यम बिकास कार्यक्रम सहजकर्ता रुप बहादुर सिजापतीले तालिम लिएका दिदीबहिनीले अब निरन्तर लागि परेर व्यबसाय संचालन गर्न अनुरोध गर्नुभयो । अब पुनः सीप सिकाउने गरि तालिम चल्छ, मेसिन पनि उपलब्ध हुन्छ, अब व्यबसायिक बन्न तर्फ लाग्नुस् सिजापतिले भन्नुभयो । तालिममा सहभागी संगीता अर्यालले तालिमको आफ्नो अनुभव साट्दै तालिम निकै उपलब्धिमुलक बनेको बताउनुभयो ।" गरेर देखाउछौ वडालाई नमुना बनाएरै देखाउने लक्ष्य हाम्रो छ,अर्यालले थप्नुभयो-आत्मनिर्भर हुने र गराउने पक्षमा अगाडी बढ्छौ नगरपालिका र कार्यक्रम अन्तर्गतको साथ पाइराखौ" । तालिममा वडाका उद्यम गर्न चाहने २० जना महिला सहभागी रहनुभएको थियो । क्षेत्रगत हिसाबले २ समुहमा आवद्ध रहनुभएका महिलाहरुले अब वडामा सरफ बनाउने तालिमलाई प्राथमिकता दिएर व्यबसाय अबलम्बन गर्नुहुनेछ । रामपुर नगरपालिका ८ का वडाअध्यक्ष बोम बहादुर नामजालीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको संचालन गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमका फोकल पर्सन निरज पोखरेलले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update