Erani Mahal
पाल्पामा जनगणनामा ४८६ जना खटिदै: चार स्थानीय कार्यालय खुल्ने !
janagadna
पाल्पा- पाल्पामा जनगणना गर्नका लागि ४ सय ८६ जना कर्मचारीहरु खटिने भएका छन् । जिल्ला जनगणना सचेतना गोष्ठीमा जनगणना कार्यालयले उक्त कुरा बताएको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी भविश्वर घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए। घिमिरेले प्रस्तुत गरेको कार्यपत्रमा जनगणनाको ईतिहास, कानूनी व्यवस्था, आवश्यकता र औचित्व, जनगणना गर्नुको उदेश्य, उपयोगका क्षेत्रहरु, जनगणनाले दिने विवरण र सूचकहरुको वारेमा वृहत विषय समावेश गरिएको थियो । जनगणनामा ३ प्रकारका प्रश्नावली प्रयोग गरिने यस जनगणनामा खालि घरको पनि गणना गरिने छ । मुलत जनसांख्यिक, शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य सम्वन्धी विवरणहरु मुख्य प्रश्नावलिमा समावेश गरिएको छ भने सामुदायिक प्रश्नावली सवै वडा कार्यालयहरुबाट सुपरिवेक्षले भर्ने छन् । राष्ट्रिय जनगणना २०७८ नेपालको जनगणनाको इतिहासमा बाह्रौं र संघीय गणतान्त्रिक नेपालको पहिलो जनगणना पनि हो। यस जनगणनामा पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण फाराम वि.सं. २०७८ साल बैशाख २६ देखि जेष्ठ १४ सम्म २० दिन र मुख्य प्रश्नावली फाराम वि.सं. २०७८ साल जेष्ठ २५ देखि २०७८ आषाढ ८ सम्म १५ दिन भरिने र दोस्रो चरणमा सुपरिवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरको आधारभूत स्रोत, साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरू संकलन गर्ने विषयमा जनगणना अधिकारीले स्पस्ट पारेका थिए । चैत्र १ गते ४ महिनाको कार्य जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालय पाल्पाको स्थापना भएको हो । जिल्ला जनगणना कार्यालय र अन्य ४ वटा स्थानीय जनगणना कार्यालय रहने व्यवस्था अन्तर्गत वैशाख १ देखि रामपुर र निस्दी हेर्ने गरि रामपुरमा १, पूर्वखोला, रम्भा र माथागढी हेर्ने गरि ताँहुमा १, तानसेन, तिनाउ र वगनासकाली हेर्ने गरि तानसेनमा १ र रिव्दिकोट र रैनादेवी हेर्ने गरि अमलावासमा १ स्थानीय जनगणना कार्यालय रहने छन् । ३९२ गणक र ९४ सुपरिवेक्षक हरु पाल्पाका १० वटै स्थानिय तहमा परिचालन हुनेछन् । सुपरिवेक्षकको २ महिना र गणकको १ महिनाको नियुक्ति हुने जिल्ला जनगणना अधिकारी भविश्वर घिमिरेले बताउनुभयो । तिन वटै तहसँग समन्वय गरेर अगाडी वढ्ने जिल्ला जनगणना अधिकारीले घिमिरेले बताउनुभयो । कार्यक्रममा विभिन्न निकायहरुबाट सहभागिता भएको थियो । पाल्पा रेडक्रसका अध्यक्ष वुद्दि प्रसाद शर्मा, तिनाउ गापाका अध्यक्ष ओम घर्ति मगर र तानसेन नपा कि उपमेयर लक्ष्मी देवि पाठकले स्थानीय तहबाट जनगणनालाई पूर्ण सहयोग र सहजिकरण रहने प्रतिवद्दता व्यक्त गर्नुभयो
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update