Erani Mahal
रामपुर नगरपालिका वडा नं. ६ द्वारा खेलाडी सम्मान
रामपुर (2)
पाल्पा - पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान गरेको छ । होली पर्वको अवसर पारेर खेलाडीहरुमा उत्साह बढाउन चौथो मेयर कपमा फुटबल प्रतियोगितामा बिजेता तथा रसी तान्ने प्रतियोगितामा उपविजेता हुने खेलाडी तथा अन्य विधामा सहभागी खेलाडीहरुलाई सम्मान गरेको हो । होलीले उत्साह र भाइचाराको सम्बन्ध बढाउछ वडाध्यक्ष हुमनाथ न्यौपानेले भन्नुभयो- यही मौकामा खेलाडीमा थप हौसला बढोस् भनेर कार्यक्रम गरेका हौ । रामपुरको पर्यटकिय एवं धार्मिक स्थल कालीगण्डकीको किनार रामपुर ८ को भुजात सिद्धबाबा धाममा मैत्रीपूर्ण वन भोज कार्यक्रम सहित खेलाडीलाई सम्मान गरेको हो । चैत १० देखि रामपुरमा चलेको चौथो मेयर कपमा वडा ६ फुटबल प्रतियोगिताको बिजेता बन्दै नगद ६५ हजार प्राप्त गरेको थियो भने वेष्ट किपर, वेष्ट डिफेन्स, हाईस्कोर, राईजिङ्ग प्लेअर, वेष्ट कोच वडा ६ ले प्राप्त गर्न सफल भएको थियो । डोरी तान्ने प्रतियोगितामा द्दितिय हुँदै नगद १० हजार प्राप्त गरेको थियो । साथै बक्तृत्वकलामा वडा नम्बर ६ को दरैठाटी मा बि द्दितिय हुन सफल भएको थियो । रामपुर नगरपालिकाका सल्लाहाकार अध्यक्ष देवराज ढकालले कार्यक्रममा बोल्दै खेलाडीको हौसलाको बढाउन वडाले गरेको कामको प्रशंसा गर्नुभयो । रामपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बोम बहादुर नाम्जालीले जनप्रतिनिधी, सरोकारवाला निकाय संगै खेलाडीहरु विच भातृत्व कायम गर्नमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले वडा नं. ६ ले मेयर कपमा प्रस्तुत गरेको शैली आफैमा उत्कृष्ट रहेको बताउदै खेलका अबधिमा देखाएको अनुशासनले अनुशासित वडाको सम्मान पाएको उल्लेख गर्नुभयो । खेलाडीहरुको उत्थानको लागी नगर खेलकुद समितिले विविध गतिविधि जारी राख्ने बताउनुभयो । सोही अबसरमा रामपुर नगरपालिका वडा नम्बर ६ का सल्लाहाकार विष्णु मायाँ ढकाल, रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी (पुरुषोत्तम), नेपाली कांग्रेस रामपुर ६ का सभापति कृष्ण प्रसाद अर्याल, नेकपा एमाले रामपुर ६ का अध्यक्ष सागर प्रसाद देवकोटा, नेकपा माओवादी केन्द्रका जनकराज ढकाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि राम प्रसाद गैरे, क्रिकेट खेलका टिम कोच कृष्ण गैरेले विजयी खेलाडीलाई बधाई दिदै खेलमा बिजयी हुनु स्वभाविक कुरा भएपनि सिक्नु पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै वडा नं. ६ ले रामपुर नगरलाई राष्ट्रिय स्तरमा चिनाउन पनि सहयोग गरेको बताउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update