Erani Mahal
पाल्पामा अबैध काठ सहित चार जना पक्राउ
pakrau1
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध काठ सहित चार जनालाई पक्राउ गरेको छ । शनिबार राति साढे नौँ बजेतिर बगनासकालीको चिलाङ्दी हुँदै तानसेनतर्फ ल्याउदै गरेको ३५ क्वीबफिट काठसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । लु २ त ८६१६ नम्बरको ट्रेक्टरमा विना प्रमाण सालका अबैध काठ ल्याउने क्रममा चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रक्राउ परेका मानिसहरुको नाम भने खुलाइएको छैन । उनीहरुलाई भुसलडाँडा अस्थायी प्रहरी चौकीको सक्रियतामा पक्राउ गरिएको हो । प्रहरीले ट्याक्चर चालक सहित ट्याक्टर समेत नियन्त्रणमा लिएकाे छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update