Erani Mahal
ठूलो मात्रामा लागू औषध सहित पाल्पाबाट एक जना युवक पक्राउ
pakrau2
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले एक जना युवकलाई लागू औषध सहित पक्राउ गरेको छ । आइतबार बिहान दोभान प्रहरीको चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा लागू औषध सहित स्याङ्जा जिल्ला वालिङ् नपा–९, स्थित राउतडाँडा बस्ने २५ वर्षका सुमन गाहालाई पक्राउ गरेको हो । शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा गाहाको साथबाट ७० वटा फेनेरागन, नुफिन ३३ वटा, २ थान सिरिन्ज फेला परेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update