Erani Mahal
पाल्पामा आगलागीकाे घटना बढ्याे : आगाे निभाउने क्रममा एक जनाकाे मृत्यु
palpad
पाल्पा – पाल्पामा एक जना मानिसको आगो निभाउने क्रममा मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–४, झडेवास्थित खापुक फाेक्स्याहानका ६५ वर्षीय मानबहादुर सिंजालीको आगो निभाउने क्रममा मृत्यु भएको हो । घर नजिकैको दाङ्सिंगा सामुदायिक वनमा आगो निभाउने क्रममा सिंजालीमगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिंजालीको मृत्युको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । सिंजालीको शनिबार दिउँशो मृत्यु भएको हो । उता जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना बढेका छन् । एक दिनअघिसम्म तानसेनका विभिन्न सामुदायिक तथा सरकारी वनमा आगलागी भएको थियो । यस्तै रैनादेवी छहरा र तिनाउका सामुदायिक वनमा समेत आगलागीका घटना बढेका छन् । लामो समय पानी नपरेका कारण वनमा आगलागीका घटनामा बृद्धि भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । केही दिनदेखि रिब्दीकोटस्थित वडा नं. २ को खुटलाम सामुदायिक वनमा समेत भीषण आगलागी भएको छ । उक्त आगलागी शनिबार बेलुकीसम्म नियन्त्रणमा आउन सकेको थिएन ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update