Erani Mahal
नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको दोस्रो अधिवेशन सम्पन्न
mn
पाल्पा- नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। संगठनका अध्यक्ष लोक बहादुर सारुको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले पाल्पा अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद नारायण आचार्य रहनुभएको थियो । अधिवेशनको उद्घाटन गर्नुहुँदै सांसद आचार्यले शिक्षकको हकहित र अधिकारको लागि संगठनले निष्पक्ष भुमिका खेल्ने छ भन्नुहुँदै समाज परिवर्तन र विकासको लागि शिक्षकको ठुलो योगदान रहेको बताउनुभयो । संगठनका उपाध्यक्ष सम्झना गैरेको स्वागत मन्तव्यबाट शुरु भएको अधिवेशनमा अध्यक्ष सारुले प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि आचार्य, लुम्बिनी प्रदेश सांसद युवाराज खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष विष्णु पोख्रेल, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य देवीलाल लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, पूर्व उपाध्यक्ष दमन सिंह थापा, नेकपा एमाले पाल्पा सदस्य भुवन थापा, नेकपा एमाले निस्दी अध्यक्ष हेम बहादुर खाम्चा, युवा संघ नेपाल केन्द्रिय सदस्य जीवन आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा सदस्य पदम बहादुर थापा लगायतले बोल्नुहुँदै अधिवेशन सफलताको कामना गर्नुभएको थियो । अधिवेशनको अवसरमा शिक्षण पेसाबाट अवकाशप्राप्त १८ जना शिक्षकलाई सम्मान तथा ६ जना नव प्रवेशी शिक्षकहरुलाई स्वागत गरेको थियो । अधिवेशनले आगामी ३ वर्षे कार्य अवधी रहने गरि १९ सदस्य नयाँ समिति गठन गरेको छ। जसको अध्यक्षमा लोक बहादुर सारु, खुल्ला उपाध्यक्षमा खेम बहादुर सारु, महिला उपाध्यक्षमा सम्झना गैरे, सचिवमा केश बहादुर सुनारी, कोषध्यक्षमा लिलाराम राई, सहसचिवमा रमा सोती र अन्यलाई सदस्यमा चयन गरेको छ। निस्दी गाउँपालिका - ४, मित्यालमा भएको कार्यक्रमको संचालन संगठनका सचिव केश बहादुर सुनारीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update