Erani Mahal
रामपुरमा सञ्चालित मेयर कप फुटबलको उपाधि वडा नम्बर-६ लाई
rammm
पाल्पा - रामपुरमा चलेको चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. ६ ले जितेको छ । उपाधिका लागि रामपुर नगरपालिका ५ र ६ बिच भएको खेलमा वडा नम्बर ६ ले २-० गोलको अन्तरले उपाधी आफ्नो पोल्टामा परेको हो । १ घण्टाको समयावधिमा भएको फाइनल खेलको पहिलो हाफको दोस्रो मिनेटमै रामपुर नगरपालिका ६ का गोल गर्न सफल भए । साथै खेलको दोस्रो हाफको पहिलो मिनेटमै पुनः वडा नम्बर ६ कै खेलाडी ले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । उपाधी संगै वडा नम्बर ६ ले बिजेता पुरस्कार नगद ६५ हजार, द्दितिय रामपुर नगरपालिका ५ ले नगद ४५ हजार र तृतीय रामपुर रामपुर नगरपालिका वडा नम्बर ३ ले जितेको छ । जित संगै वडा नम्बर ३ ले नगद ३० हजार सहित मेडल, कप, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । पेनाल्टीमा वडा नं. १० लाई ३/२ गोलले पराजित गर्दै वडा नं. ३ तृतिय भएको हो । पहिलो हाफमा दुवै समुहले १/१ गोल गरेपनि खेल बराबरीमा रोकिएको थियो । अतिरिक्त समयमा दुबै समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टी सुटमा वडा नं.३ ले तृतिय स्थानका लागि बिजयी भएको हो । फाइनलमा प्रबेश गरेको वडा नम्बर ५ वडा नं. १० लाई १/० गोलले पराजित गर्दै समुह ए बाट फाईनलमा प्रबेश गरेको थियो भने समुह बि को वडा नं. ६ वडा नं. ३ लाई १/० गोलले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update