Erani Mahal
रामपुरमा जारी मेयर कपको फुटवल फाइनलमा वडा नम्बर ५ र ६ भिड्दै
162033592_2923427221313374_5732983289532366990_n
पाल्पा - रामपुरमा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा वडा नं. ५ र वडा नं. ६ भिड्ने भएका छन् । फुटबल प्रतियोगितामा तेस्रो वडा नं. ३ भएको छ । पेनाल्टीमा वडा नं. १० लाई ३/२ गोलले पराजित गर्दै वडा नं. ३ तृतिय भएको हो । पहिलो हाफमा दुवै समुहले १/१ गोल गरेपनि खेल बराबरीमा रोकिएको थियो । अतिरिक्त समयमा दुबै समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टी सुटमा वडा नं.३ ले तृतिय स्थानका लागि बिजयी भएको हो । फाइनलमा प्रबेश गरेको वडा नम्बर ५ वडा नं. १० लाई १/० गोलले पराजित गर्दै समुह ए बाट फाईनलको यात्रा तय गरेको हो । पहिलो हाफमा कुनै समुहले गोल गर्न सकेनन् । दोस्रो हाफको अन्त्यमा वडा नं. ५ का मन बहादुर थापाको १ गोलले वडा नम्बर ५ लाई फाईनलमा पुर्‍यायो । समुह बि को बिहिबारको खेलबाट वडा नं. ६ फाईनलमा पुगिसकेको छ। वडा नं. ३ लाई १/० गोलले पराजित गर्दै वडा नं. ६ ले फाईनलको यात्रा तय गरेको थियो । वडा नं. ६ का विजय परियारले पहिलो हाफमा बै १ गोल गरेका थिए । फाइनलको यात्रा गरेका वडा नं. ५ र ६ ले शनिबार दिउँसो उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update