Erani Mahal
पुरुष भलिबल प्रतियोगिताको फाईनलमा वडा नं. ५ र ९ भिड्दै
meher cup rampur (5)
पाल्पा- रामपुरमा गत चैत्र १० देखि सञ्चालन भएको चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको फाईनलमा वडा नं. ५ र वडा नं. ९ पुगेको छ । शुक्रबार सम्पन्न सेमिफाईनल खेलमा समुह ए तर्फ वडा नं. १ लाई पराजित गर्दै वडा नं. ९ र समुह वि तर्फ वडा नं. २ लाई पराजित गर्दै वडा नं. ५ ले फाईनलको यात्रा तय गरेको हो । वडा नं. ९ ले वडा नं. १ लाई ३÷१ सेटले पछि पारेको हो । पहिलो सेट वडा नं. ९ ले २५/२०, तेस्रो सेट २५/१७ र चौथो सेट २५/१९ सहित हात पारेको थियो भने वडा नं. १ ले दोस्रो सेट २५/२१ बनाएको थियो । त्यस्तै वडा नं. २ र वडा नं. ५ विच भएको पुरुष भलिबल खेलमा ३/२ सेटले वडा नं. ५ विजयी भएको थियो । पहिलो र दोस्रो सेट वडा नं. २ ले २५/१३, २५/२२ अंक जोडेको थियो । तर तेस्रो, चौथो र पाँचौ सेट भने २५/१७, २५/१४ र १८/१६ सहित वडा नं. ५ को पोल्टामा पर्‍यो । फाईनलमा पुगेको यी वडा नं. ५ र ९ विचको खेल शनिबार हुँदैछ । त्यस्तै तृतिय स्थानको लागि वडा नं. १ र २ विच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update