Erani Mahal
पत्रकार महासंघ पाल्पाको राष्ट्रिय पत्रकारिता पुरस्कार : स्व. कसजुलाई
Untitled-1 copy
पाल्पा- पत्रकार महासंघ पाल्पाको राष्ट्रिय पत्रकारिता पुरस्कार पाल्पाका वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजूलाई मरोणोपरान्त प्रदान गरिने भएको छ । लुम्बिनी मेडिकल कलेजकाे सहयाेगमा स्थापना गरेको पत्रकारिता पुरस्कारको राशि ५० हजार बराबरको रकमको रहेको छ । पुरस्कार छनौट समितिका अध्यक्ष बरिष्ठ पत्रकार मेघराज शर्माको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको निणर्य अनुसार कसूजुलाई उक्त पुरस्कार प्रदान गरिन लाएको हो । नगद र प्रमाण पत्र, दोसल्ला सहित उहाँका परिवारलाई उक्त पुरस्कार रकम प्रदान गरिनेछ । पत्रकार महासंघको स्थापना दिवशको अवसरमा यहि चैत १६ गते तानसेनमा उक्त पुरस्कार वितरण गरिनेछ । उहाँलाई २०६६ को र पत्रकारमहासंघ पाल्पालाई २०७७ सालको संस्थागत पुरस्कार दिइने भएको छ । यस्तै पूर्व अध्यक्ष मेघराज शर्मा, झपेन्द्र गहिरे र गोविन्द भट्टराईले स्थापना गरेको विकास पत्रकारिता पुरस्कार निलकण्ठ न्यौपानेलाई प्रदान गरिने भएको छ । यसको राशी २५ हजार नगद र प्रमाण पत्र, दोसल्ला रहेको पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update