Erani Mahal
रामपुरमा लघु उद्यम विकास तालिम
yy (3)
पाल्पा- गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशिलता विकास तालिम रामपुर नगरपालिका ६ पाल्पामा सकिएको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोग र रामपुर नगरपालिकाको आयोजनामा चलेको व्यबसाय सचेतना, शुरु तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिममा वडाका ३६ जना महिला दिदिबहिनी सहभागी रहनुभएको छ । तालिम पश्चात् महिलाहरुलाई समुहमा आबद्ध बनाई व्यबसायिक बनाउन विभिन्न माग अनुसार व्यबसायमा लगानी गरिनेछ । "आर्थिक समृद्दिको आधार, लघुउद्यम मार्फत रोजगार" भन्ने नारा सहित रामपुर नगरपालिकाको ४ वटा वडामा लघु उद्यम कार्यक्रम संचालन छ । तालिम समापनका अबसरमा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले व्यबसाय संचालन गरेर उदाहरणीय बन्ने गरि अगाडि बढ्न सहभागी महिलालाई अनुरोध गर्नुभयो । पछिल्लो समय धेरै महिलाले उद्यम गरेर नमुना भएको बताउदै नागिलाले रामपुरको उद्यमलाई बाहिर चिनाउने गरि तालिममा सिकेका ज्ञान अबलम्बन गर्न र थप सिपको लागि तयार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा प्रशिक्षक सोनिका बिकले सिकाईको उत्सुकता जस्तै व्यबसायमा उत्कृष्ट हुनेगरी लाग्न पर्ने बताउनुभयो । सहभागी महिला बिमला ढकालले तालिम उपल्ब्धी मुलक रहेको बताउदै निर्बाहमुखी भएकोमा अब व्यबसायिक बन्ने गरि अगाडी बढ्ने बताउनुभयो । सहभागी अनिता सिग्देलले घरमा मात्र नरहेर व्यबसायिक काम गर्नुपर्छ भन्ने धारणाको विकास हुनु महत्वपूर्ण भएको बताउनुभयो । तालिममा आम्दानिका श्रोत के हो? कसरी कार्यान्वयन गर्ने, परिवार र व्यबसाय लाई कसरी संगसंगै लाने भन्ने बिषयमा सिकाई सिकेको बताउदै उहाँले अब व्यबसायिक नबन्दा सम्म नगरपालिकाले हरेक सिपमा जोड दिनुपर्ने बताउनुभयो । तालिममा लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता सोनिका बि क र रुप बहादुर सिजापतीले प्रशिक्षण दिनुभएको थियो । तालिमकै अबसरमा सहभागीहरुको २ समूह गठन भएको छ । यो समुहमा आबद्द महिलाहरुले व्यबसाय अबलम्बन गर्नेछ्न् । बिजयपुर आलु चिप्स लघु उद्यमी समूह र तालपोखरा आलु चिप्स लघु उद्यमी समूह गरि वडामा २ समूह गठन भएको लगु उद्यम विकास कार्यक्रमका फोकल पर्सन निरज पोखरेलले बताउनुभयो । वडाबाट महिला छ्नौट गरि उद्यम गर्न चाहने सुनिश्चित गरि उनीहरुलाई तालिम दिइएको हो । वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update