Erani Mahal
होलिमा रंग नखेल्न पाल्पा प्रशासनको आग्रह
Untitled-1 copy
पाल्पा- जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निणर्य अनुसार पाल्पाका होली पर्वमा रंग नलगाउन र भिडभाड नगर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कोभिड १९ को संक्रमण फैलिन नदिन सर्तकता अपनाउने निणर्य भएको जनाएको छ । प्रशासनले होलीमा हल्ला गर्ने, लोला हान्ने पानी छ्याप्ने जस्ता गतिविधिहरु नगर्नू/ नगराउन आग्रह गरिएको छ । प्रशासनको सूचनालाई वेवास्ता गरिएमा प्रचलित कानून बमोजिम कारवाही समेत हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जनाउनुभएको छ । भारत लगायतका क्षेत्रमा कोरोना बढेको भन्दै पाल्पामा कोभिडबाट बच्न पहिलेनै सर्तकता अपनाइएको उहाँको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update