Erani Mahal
पाल्पामा कोरोना फैलिन नदिन सर्तकता : माक्स नलगाउनेलाई कारवाही गरिने !
Capture
पाल्पा- जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले पाल्पामा भिड्भाड नगर्न र माक्स नलगाइ हिड्नेलाई कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले छिमेकी मुलुक भारत लगायतका क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै जिल्लामा समेत सर्तकता अपनाउनको लागि उक्त निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो । उहाँले जिल्लामा मेला, महोत्सव, वार्षिकउत्सव, भेला, जुलुस, र्याली जस्ता भिडभाड जन्य गतिविधि गर्न रोक लाइएको बताउनुभयो । यस्तै कोभिडको संक्रमण संभानालाई मध्यनजर गरी पहिले संचालनमा आएका क्यारिन्टन र आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहलाई लेखि पठाउने निणर्य समेत गरेको छ । त्यस्तै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थालाई आग्रह समेत गरिएको छ । कोभिड फैलिन नविदन जनचेतना जगाउने,, साबुनपानी र सेनिठटाइजरको अनिवार्य प्रयोग गर्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने तथा माक्स नलगाउनेलाई संक्रमक रोग अनुसार कारवाही गर्ने निणर्य समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो । उहाँका अनुसार होटल व्यवसाय ९ बजे देखि बन्द गर्ने भिारतबाट आएका मानिसहरुको निगरानी गर्ने, कोभिडको छुट खोपहरु लगायउने लगाउका निणर्य भएको छ । हेर्नुहोस निणर्य ः
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update