Erani Mahal
रामपुरमा ईस्लामपुर क्रिकेट प्रतियोगिता सुरु
received_270654451274725
पाल्पा - ईस्लामिक सक्रिय युवा समाजको आयोजनामा पाल्पाको रापाल्मपुरमा चौथो इस्लामपुर कप खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ । रामतुलसी माविको खेल मैदान बेझाडमा शुरुभएको प्रतियोगिताको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गर्नुभयो । बल रेफ्रीलाई हस्तान्तरण तथा व्याटिङ्ग गरेर खेलको शुभारम्भ गर्दै नगरप्रमुख थापाले स्थानिय खेलाडीको प्रबर्द्धनमा समाजले खेलको आयोजना गर्नु महत्वपूर्ण काम भएको बताउनुभयो । ईस्लामिक सक्रिय युवा समाजले खेल क्षेत्र मात्र होइन, कोभिडको समयमा राहतदेखि स्वास्थ्य सस्था, बिपन्न समुदायमा सहयोग लगायत सामाजिक कार्यमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही, अर्घाखाँची र गुल्मी जिल्लाका गरि १५ समुहको सहभागीता रहेको खेल प्रचार-प्रसार समितिका संयोजक रहिम मियाँले जानकारी दिनुभयो । ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकत अलिले क्लवले विगत देखि प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस बर्ष प्रतियोगितालाई थप परिस्कृत गरेर लैजान लागेको बताउनुभयो । समाजमा युवालाई उत्साह बढाउन र एकबद्द गराउन यस्ता कार्यक्रम गरेको उल्लेख गर्दै अलिले खेलाडीको पहिचान र मैदानका लागि खेल आयोजना गर्नु टट्कारो रहेको बताउनुभयो । समाजका अध्यक्ष अलिको अध्यक्षतामा भएको खेल शुभारम्भ कार्यक्रमको सञ्चालन समाजका सचिव अमिन शेखको गर्नुभएको हो । प्रतियोगिता शुभारम्भ लगत्तै भएको उट्घाटन खेलमा रामपुर नगरपालिका ३ रजघरा र चापाकोट क्रिकेट क्लव भिडेका थिए । खेलमा रजघरालाई चापाकोटले १ सय ५० रनको फराकिलो अंकले पराजित गरेको छ । टस जिटेर व्याटिङ्ग रोजेको चापाकोटले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । २ सय १ रनको लक्ष्य पछ्याएको रजघरा ९ ओभरमा ४९ रन बनाउदै अलआउट भएको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार २ वटा खेल हुँदैछ । प्रतियोगिताका विजेताले नगद १ लाख राशी र फस्ट रनअपले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update