Erani Mahal
माओवादी केन्द्रको लुम्बिनी प्रदेश सचेतकमा घर्तीमगर, एमालेमा गएका सांसदलाई स्पष्टीकरण !
mb samsad gm
पाल्पा- नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले माओवादी छाडेर एमालेमा जाने सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले दलको प्रमुख सचेतकमा पाल्पाका सांसद तुलाराम घर्ती मगर र सचेतकमा पार्वति पुनलाई नियुक्ति गरेको छ । यस्तै बैठकले दलका सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीले दल त्याग गरी अर्को दलको सदस्यता लिएको जानकारीमा आएकोले दलको तर्फबाट २४ घण्टे स्पष्टिकरण पत्र पठाईएको छ । उनीहरुले माओवादी छाडेर एमालेलाई सर्मथन गरेको जनाएका थिए । यस्तै बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण भैसकेको स्थितिमा दलको विधान संशोधन गरी पारित गरेकाे छ । संसदीय दलको बैठकको निर्णयको जानकारी लुम्बिनी प्रदेश सभा सचिवालयलाई दिने निर्णय गरिएको सचेतक पाल्पाका सांसद तुलाराम घर्ति मगर बसन्तले रानीमहललाइ जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update