Erani Mahal
रामपुर नगरपालिकाद्वारा किसानलाई कृषि औजार वितरण
krishi rampur (1)
पाल्पा- रामपुर नगरपालिकाले नगरका कृषकहरुलाई अनुदानमा कृषि औजार बितरण गरेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदै कृषि उत्पादन बढाउने उद्देश्यले नगरपालिकाका कृषि सहकारी, संचालित फर्म र कृषि समूहको मागका आधारमा ५४ जना किसानलाई विभिन्न थरिका कृषि सामाग्री बितरण गरेको हो । कृषि औजार बितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रबिधिको विकास नहुदा समेत ठूलो परिश्रम गरेर किसान अङ्गालेका हामी अब कृषिमा प्रविधिको प्रयोग संगै उत्पादनले फड्को मार्ने गरि प्रबिधिको लगानी अनुसार उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कोभिड विशेष कृषि कार्यक्रम व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले नगरपालिका र किसानको लगानीको महत्व बुझेर सामानको जतन र प्रयोगबाट राम्रो उपलब्धि लिन किसानलाई आग्रह गर्नुभयो । "रामपुरमा कृषिको संभावना छ, नागिलाले भन्नुभयो- किसानको मेहनत र प्राबिधिकको सुझबुझ लिएर काम गर्नुपर्छ" । कृषि शाखा अधिकृत रामहरि पाण्डेयले ३५ हजारमा नबढ्ने गरी ५० प्रतिशत अनुदानमा ५४ जना कृषकहरुको लागि विभिन्न थरिका औजार दिइएको बताउनुभयो । नगरपालिकाले ३५ वटा मिनीटिलर, १६ वटा च्याप कटर २ वटा ब्रस कटर र १ वटा रिपर वितरण गरेको हो । यसका लागि नगरपालिकाले १६ लाख ७६ हजार २ सय ५० रुपया सहयोग गरेको छ । ु रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेको स्वागत र रामपुर नगरपालिका कृषि शाखा अधिकृत रामहरी पाण्डेयको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update