Erani Mahal
रामपुरमा चाैथाे मेयर कप सुरू
IMG_8315 (1)
पाल्पा – रामपुरमा मंगलबारदेखि चौथो मेयर कप सुरु भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका रामपुरमा ‘चौथो मेयर कप’ सुरु भएको हो । नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा रामपुर ५ मटेरी ठूलोटारमा मयर कप सुरु भएको हो । मेयर कपको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरभित्रका खेल प्रतिभालाई उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । नगर प्रमुख थापाले नगर भित्र खेल पूर्वाधार विकास गर्नका लागि डिपिआर तयार गरेर बजेटको खोजी गरिरहेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले स्वास्थ्य र अनुशासित बनाउन खेलले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव चिरन्जीवी सिग्देल, नेकपा (एमाले) रामपुर नगर कमिटी इन्चार्ज राजु प्रसाद श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष हिमाल मल्ल लगायतले बोल्नुभएको थियो । उट्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा, नगर खेलकुद विकास समिति खेल संयोजक किरण मल्लको स्वागत र नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले गर्नु भएको हो । मेयर कपमा यस वर्ष वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, वडा स्तरिय पुरुष फुटबल, वडा स्तरिय पुरुष क्रिकेट, व्याटमिण्टन, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरीय वक्तृत्वकलामा प्रतिस्पर्धा हुँदैछ । मटेरी ठूलोटारमा हुने पुरुष तथा महिला भलिबलमा नगरका १० वटैले वडाले प्रतिस्पर्धा गर्नेछन् । फुटबलमा ८ वटा वडा, क्रिकेटमा ६ वटा वडाले प्रतिस्पर्धा गर्दैछन् । पहिलो दिनको मेयर कपको उट्घाटन खेल फुटबलमा रामपुर नगरपालिका ३ र वडा नं. ९ बीच भएको छ । समूह बी अन्तर्गको पहिलो चरणको खेलमा वडा नं. ३ ले वडा नं. ९ लाई २-० गोलले पराजित गरेको छ । वडा नं. ३ ले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी २ गोल गरेको थियो । त्यस्तै फुटबल प्रतियोगिता अन्तर्गत समूह बीमा रहेको वडा नं. ६ र ७ विचको खेल पनि सम्पन्न भएको छ । खेलमा साविक विजेता वडा नं. ६ ले वडा नं. ७ लाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी वडा नं. ६ ले २ गोल गरेको थियो । वडा नं. ७ ले दोस्रो हाफको अन्त्यमा १ गोल गरेको थियो । समूह बीका विजेता वडा नं. ३ र वडा नं. ६ ले १२ गते फाईनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । मेयर कप अन्तर्गत भएको पुरुष भलिबल प्रतियोगितामा अन्तर्गत पहिलो चरणका २ खेल सम्पन्न भएको छ । समुह ए मा रहेका साविक विजेता वडा नं. १ र उपविजेता वडा नं. १० विच भएको खेलमा रामपुर १ले वडा नं. १० लाई २-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २६-२४ र दोस्रो सेट २७-२५ अंक सहित वडा नं. १ ले जित हात पारेको हो । त्यस्तै समुह वि को पहिलो चरणको खेलमा वडा नं. ६ लाई वडा नं. २ ले २-१ सेटले पराजित गरेको छ । यस्तै क्रिकेट प्रतियोगितामा अन्तर्गत मंगलबार भएको समुह ए को वडा नं. ८ र वडा नं. ६ विचको खेलमा वडा नं. ८ ले १ सय २४ रनले पराजित गरेको छ । टस जिटेर व्याटिङ्ग रोजेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको वडा नं. ६, सातौं ओभरमा २५ रन बनाउँदै अलाउट भएको थियो । वडा नं. ८ ले सेमिफाईनलमा वडा नं. ७ संग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह वि अन्तर्गत वडा नं. ४ र वडा नं. ५ विच भएको खेल समय अभावका कारण रोकिएको छ । मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता बुधबार समापन हुनेछ । व्याटमिन्टन प्रतियोगिता, महिला भलिबल प्रतियोगिता पनि बुधबार बाट नै सुरु हुनेछ ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update