Erani Mahal
पाल्पाकाे रिब्दीकाेटमा एक साता फागु महाेत्सव हुने
fagu-naach-bisarjan
पाल्पा – परम्परागत फागु पर्वको संरक्षण गर्न एक साता फागु महोत्सव हुने भएको छ । जिल्लाको रिब्दीकोटस्थित भैरवस्थान क्षेत्रमा चैत १० देखि १७ गतेसम्म फागु महोत्सव गर्न लागिएको हो । स्थानीय रुपमा परम्परादेखि नै चल्दै आएको फागु संस्कृतिको संरक्षण गर्न फागु महोत्सव गर्न लागिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । फागु महोत्सवमा पालिकाभित्रका वडामा प्रचलित फागु नाच, लोकनृत्य, झ्याली, पन्चेबाजालगायतका सांस्कृतिक कार्यक्रम हुनेछ । [caption id="attachment_8459" align="alignnone" width="768"] फाइल तस्विर ।[/caption] फागु महोत्सवका अवसरमा विभिन्न कार्यक्रम समेत राखिएको छ । महाेत्सव मूल आयाेजक समितिका अनुसार सरसफाई, रक्तदान, भलिवल प्रतियोगिता, अन्तरक्रिया, लोकनृत्य प्रतियोगिता, चीर पोल्ने कार्यक्रम, फागु उत्सव, सांस्कृतिक कार्यक्रम हुनेछ । यस क्षेत्रको सांस्कृतिक पर्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्न फागु महोत्सव सफल हुने अपेक्षा गरिएको छ । महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवं भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले फागु महोत्सवले परम्परादेखि नै चल्दै आएको फागु संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले कला, संस्कृति र फागु पर्वको संरक्षण गर्न महोत्सव गर्न लागिएको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update