Erani Mahal
पाल्पामा वन अतिक्रमण गरेका घरटहरा हटाइयो !
gh
पाल्पा- पाल्पामा वन अतिक्रमण गरेका घर टहरा वन कार्यालय द्वारा हटाएको छ । जिल्लाको तिनाउँ गाउँपालिका-१, कचल स्थित सानिउदाङमा वन अतिक्रमण गरि घरछाप्रो समेत बनाइ वनक्षेत्रको जग्गा खनजोत समेत गरिएको अवस्थामा नियन्त्रणमा लिइ अतिक्रमणकारिले बनाएको घरछाप्रो समेत जलाइ नस्ट गरिएको वन कार्यालयका रेन्जर यमलाल पोखरेलले रानीमहललाई बताउनुभयो । सहायक वन अधिकृत द्वय बेद प्रसाद भण्डारी र रामध्यान कुमार शाहको नेतृत्वमा डिभिजन वन कार्यालय,तिनाउ सब डिभिजन वन कार्यालय र रैनादेबी छहरा सब डिभिजन वन कार्यालयका कर्मचारीहरुको संयुक्त गस्ती टोलिले उक्त क्षेत्रमा वन अतिक्रमण गरेर बनाएका घर टहराहरु नष्ट गरेकाे हाे । तिनाउ- १ का वडा अध्यक्ष, स्थानीय सिद्धचुहार सामुदायिक वन उपभोक्ता समूह र ठुली उदाङ्ग टोल विकास सस्थाको रोहवरमा उक्त अतिक्रमण नियन्त्रणमा लिइ घरछाप्रो हटाइ अतिक्रमित वनक्षेत्र बरामद गरिएको पोखरेलले बताउनुभयो । घरछाप्रो नजिक रास्टृय वनको करिब १ हेक्टर जग्गा कब्जा गरि फिल्ड समेत तयार गरिएको अवस्थामा उक्त अतिक्रमण हटाइएको हो । पाल्पामा पश्चिम भेगमा रहेका सत्यवती बल्ढे‌गढी लगायतका क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर टहराहरु बनाउने र हड्प्ने क्रम बढी रहेकाे छ । साेही गुनासाेकाे आधारमा वनले अभियान स‌चालन नै गरेर कारवाही सुरु गरिएकाे वन अधिकृत माेहन पाैडेलले बताउनुभयाे । उहाँका अनुसार सामुदायिक वा सरकारी वन अतिक्रमण चाेरी तस्करी विरुद्ध कार्यालयले गस्ति अभियान नै सुरु गरेकाे जानकारी दिनुभयाे साेकाे परिमाण स्वरुप यहाँकाे टहराहरु जलाएर नष्ट गरि वन क्षेत्र कायम गरिएकाे बताउनुभयाे । तस्वीर रेन्जर यमलाल पाेखरेलकाे सहयाेगमा ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update