Erani Mahal
निस्दीको अर्चलेमा वडा स्तरीय छनौट खेल प्रतियोगिता सम्पन्न
received_1949074838574853
पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वडा स्तरीय छनौट खेल अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग र अर्चले युवा तथा खेलकुद समन्वय समिति अर्चले,पाल्पाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनु भएको हो । पुरस्कार वितरण कार्यक्रममा बोल्नु हुँदै सुनारीले खेलकुदको बिकासमा युवाको योगदान महत्त्वपूर्ण रहको बताउदै सामाजिक बिकासमा समेत लाग्नुपर्ने बताउनुभयो । जमा १३ समूहको सहभागिता रहेको पुरुष भलिबल प्रतियोगितामा नौलो बिहानी युवा क्लब सात्दोबाटले पहिलो स्थान प्राप्त गर्‍यो । त्यसैगरी सिसिङ्गाले दोस्रो,रनगुवाले तेस्रो र सिमलडाँडाले सान्त्वना स्थान प्राप्त गरेका छन् । यसैगरी जम्मा ८ समूहको सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा युएफसी क्लब चिदियाले प्रथम स्थान हासिल गरेका थिए भने नौलो बिहानी युवा क्लब सात्दोबाटले दोस्रो,अधमाराले तेस्रा र रनगुवाले सान्त्वना स्थान प्राप्त गरेका थिए । बिजयी समूहहरुलाई एक कार्यक्रम बिच पुरस्कार वितरण गरिएको थियो भने प्रथम स्थान प्राप्त गर्ने पुरुष र महिला भलिबल समूहले आगामी चैत २० गते देखि निस्दी गाउँपालिकाको आयोजना सन्चालन हुने अध्यक्ष कप प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update