Erani Mahal
ईस्लामिक सक्रिय युवा समाजले चौथो इस्लामपुर कप प्रतियोगिता गर्ने
dd
पाल्पा - ईस्लामिक सक्रिय युवा समाज रामपुरले आगामी चैत्र १२ गते देखि चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ । “खेल क्षेत्रमा रामपुरको पहिचान, प्रवद्र्धन साथै खेलाडीहरुको उत्पादन” भन्ने नाराका साथ ईस्लामिक सक्रिय युवा समाज रामपुर ४ पाल्पाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । स्थानीय क्लबको आयोजनामा १ लाख रुपैयाँ राशी पुरस्कार सहित हुन लागेको क्रिकेट प्रतियोगिता बारे युवा समाजले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगिताको बारेमा जानकारी दिदै ईस्लामिक सक्रिय युवा समाज रामपुर ४ का अध्यक्ष ल्याकत अलीले क्लवले विगत देखि प्रतियोगिता सञ्चालन गर्दै आएकोमा प्रतियोगितालाई थप परिस्कृत गरेर लैजान लागेको बताउनुभयो । गत वर्ष सञ्चालन गर्ने भनिएको खेल कोभिडका कारण प्रभावित भएको बताउदै अलिले क्रिकेट प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै स्थानीय स्तरमा रहेका प्रतिभालाई अन्य स्थानका खेलाडीहरु संग प्रतिस्पर्धा गराएर थप उत्साह प्रदान गर्न प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो । सम्मेलनमा प्रचार प्रसार संयोजक रहिम मियाँले विभिन्न संघ संस्थाहरु संग समन्वय गरेर प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले स्थानीय हुँदै विगतमा सिमित जिल्लाका खेल समुहलाई समावेश गरेकोमा अहिले खुला प्रतियोगिता आयोजना गरेको बताउनुभयो । नेपालका जुन सुकै जिल्लाका खेलाडीले प्रतियोगितामा भाग लिन पाउनेछन् । तत्काल फोन सम्पर्कका आधारमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही, अर्घखाँची, गुल्मी सहित अन्य जिल्लाका स्थानीय खेलाडीहरुको सहभागीता रहने संभावना भएको मियाले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले नगद १ लाख र फस्ट रनअपलाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा फेअर प्ले, म्यान अफ दि सिरिज, वेष्ट व्याट्स म्यान, वेष्ट बलर, इमर्जिङ्ग प्लेयर र म्यान अफ दि म्याच लगाएतका विधामा पुरस्कृत गरिनेछ । खेल संयोजक अजिज आलमले टि २० नकआउट सिस्टममा प्रतियोगिता हुने जानकारी दिनुभयो । बेझाँड रामतुलसी माविको खेल मैदानमा हुने प्रतियोगितामा दर्ता चैत्र ७ गते देखि १० गते साँझ ४ बजे सम्म गर्न सकिनेछ। हुडा नेपालको सभाहलमा भएको पत्रकार सम्मेलन ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष ल्याकत अलीको अध्यक्षता, खेल संयोजक अजिज आलमको स्वागत र सचिव अमिन शेखको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update