Erani Mahal
माथागढीमा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता
received_256967612638692
पाल्पा - पाल्पाको माथागढी गाउँपालिकामा वडा स्तरी प्रा।वि तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । माथागढी गाँउपालिकाको ८ वटै वडामा संचालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ४५ वटा विद्यालय सहभागी भएका थिए । वडा नम्बर १ मा भएको प्रतियोगितामा प्रथम सौभाग्य मावि,द्वितिय जाउपोखरा आधारभुत विधालय र तृतीय आदर्श आधारभुत विधालय भएका छन् । वडा नं। २ मा भएको प्रतियोगितामा प्रथम सनराइज पब्लिक सेकेन्डरी स्कुल,द्वितिय कर्णधार मावि र तृतीय बुद्धि विकास आधारभूत विधालय भएका छन् । वडा नं। ३ मा प्रथम माउन्ट भ्याली इङ्गलीस स्कुल, द्वितिय दिव्य ज्योति माध्यमिक विद्यालय र तृतीय विक्रम आधारभूत विद्यालय भएका छन् । वडा नं ४ मा प्रथम जनप्रीय प्रा।वि,द्वितिय माउन्ट मालिका बोडिङ स्कुल र तृतीय किसान मा।वि भएका छन् । ५ नम्बरमा प्रथम हात्तीलुङ मा।वि द्वितिय कौडे प्रावि र तृतीय आदर्श प्रावि भएका छन् । वडा नं ६ मा प्रथम सातपोखरी मा।वि,द्वितिय ग्रामोदय मा।वि र तृतीय लक्ष्मी प्रा।वि भएका छन् । ७ नंम्बरमा प्रथम महेन्द्र नरेश प्रावि,द्वितिय महेन्द्र नरेश मावि र तृतीय बतास चुली देवि प्रावि भएका छन् । त्यस्तै ८ नं। वडामा प्रथम धारा देवि मा।वि, द्वितिय बाल विकास आ।वि र तृतीय चन्द्र देवि प्रा।वि भएका छन् । ४ नं वडाको जनप्रिय प्रा।विमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिककाकी उपाध्यक्ष निर्मला भट्टराईले बालबालिकाको बौद्धिक विकास, क्षमता विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । बालबालिकाले सानैदेखि राम्रा कुराहरु सिक्दै जानु पर्छ उहाँले भन्नुभयो विद्यालयमा पढाएर मात्र हुदैन अतिरिक्त क्रियाकलापहरु पनि बेला बेलामा हुनु आवश्यक छ । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रशासकीय अधिकृत राजु नेपालले बालबालिकालाई शैक्षिक ज्ञानमा मात्र नभई विभिन्न खालका अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी गराउन सकियो भने उनीहरुको सबै क्षेत्रको विकास टेवा पुग्ने बाताउनुभयो । उहाँले बालबालिकाको सबै क्षेत्रको विकासलाई ध्यानमा राखी विद्यालयहरुले विभिन्न खालका क्रियाकलापहरुमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका शिक्षा संयोजक अशेष भट्टराई यस्ता प्रतियोगिताले बालबालिकालाई थप सिर्जनशील बनाउने बताउनुभयो । जनप्रिय प्राविका अध्यक्ष भेष बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रद्यानाध्यापक हरि राम जिसीले गर्नुभएको थियो भने कार्यक्रम संचालन किसान माविका शिक्षक हुम बहादुर गाहा र जनप्रिय प्राविका शिक्षिका मेनुका थापाको संचालनमा भएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update