Erani Mahal
रैनादेवी छहरामा कोरोना अस्पताल सञ्चालन
corona
पाल्पा – रैनादेवी छहरा गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचार गाउँमै गर्ने उद्देश्यका साथ रैनादेवी छहरा गाउँपालिकाले पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको दुई लाख र सङ्घीय सरकारको आठ लाख गरी कुल १० लाख लागतमा अस्पताल निर्माण गरेर सञ्चालन गरिएको हो । गाउँपालिकाको पुरानो स्वास्थ्य चौकी भवनलाई मर्मत गरेपछि उक्त भवनमै कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । गाउँमै कोरोना अस्पताल बनेपछि कोरोना सङ्क्रमित विरामीहरूको सोही अस्पतालमै उपचार गर्न सकिने उहाँले बताउनुभयो । ‘गाउँमै कोरोना बिरामीको उपचार नहुँदा तानसेन रिफर गर्नुपर्ने अवस्था थियो उहाँले भन्नुभयो अब गाउँमै निशुल्क उपचारको व्यवस्था गरेका छौँ ।’ उक्त अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्न एक जना चिकित्सक सहित अन्य स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । कोही कोरोना सङ्क्रमणबाट बिरामी भए अस्पतालमै भर्ना गरेर चाबिसैँ घण्टा उपचार दिन सक्छौँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले भन्नुभयो । अस्पतालका लागि आवश्यक पर्ने सामग्री तथा उपकरणको समेत व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update