Erani Mahal
अर्चलेमा युवा तथा खेलकुद समन्वय समिति गठन
khel
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर ६,अर्चले,पाल्पामा युवाहरूको भेला बसेको छ । वडाध्यक्ष मेख बहादुर सुनारीको विशेष अतिथ्यमा सम्पन्न भएको भेलाले कृष्ण बहादुर सुनारी अध्यक्ष रहेको ७ सदस्यीय अर्चले युवा तथा खेलकुद समन्वय समिति गठन गरेको छ । जसको सचिबमा अर्जुन बयम्बु र कोषाध्यक्षमा पुष्पा सारु रहेका छन् भने सदस्यहरुमा लाल बहादुर राना `असीम´,मेनुका राना,मनु कुमारी खाम्चा लगायतका रहेका छन् । गठन पछि बसेको भेलाले आगामी चैत ६ र ७ गते अन्तर वडा स्तरीय पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय समेत गरेका छन् । प्रतियोगितामा विजेता समूहले आगामी चैत २० र २१ गते हुने निस्दी गाउँपालिकाको अध्यक्ष कपमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ । भेलाले प्रतियोगिता सम्पन्न गर्न होम राई मगरको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update