Erani Mahal
गुल्मीमा फोर्टिन स्टार फुटवल प्रतियोगिता सुरु
da
टोपलाल अर्याल गुल्मी : गुल्मीको तम्घास स्थित चिदिचौर खेल मैदानमा ‘फोर्टिन स्टार फुटवल कप’ सुरु भएको छ । प्रतियोगीतामा जिल्लाका ११ बिद्यालयको सहभागीता रहेको थियो । पहिलो दिनको पहिलो खेल रिडर्स पब्लिक हाइ स्कुलले मालिका माविलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । सो खेलको पेलेयर अफ दि म्याच रिर्डसका सुगम बराल भएको क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए । त्यस्तै पहिलो दिनको दोस्रो खेलमा सिद्धबाबा माबीले ५–० गोल अन्तरले जनजागृती माबीलाई पराजित गरेको छ । पेलेयर अफ दि म्याच सिद्धबाबा माविका भुवन कुवंर भएका छन् । त्यस्तै पहिलो चरणकै खेल अन्तरगत फागुन ४ गते ब्रिलेन्ट युनाइटेड एकेडेमी भर्सेज गण्डकी इङलिस बोर्डिङ स्कुल, अर्जे मावि अर्जे भर्सेज अर्जुन आवासीय माविबिच हुने आचार्यले बताए । त्यस्तै सोहि दिन पहिलो चरणको अन्तिम खेल आदर्श बिद्या आश्रम भर्सेज रिडि माविबिच हुने छ । पहिलो चरणको खेलमा महेन्द्र नमूना माविले बाई पाएको छ । १० औ बार्षिक उत्सवको अवसरमा क्लवले ‘फोर्टिन स्टार फुटवल कप–२०७७’ को आयोजना गरेको हो । प्रतियोगीताको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । प्रतियोगीताको उद्घाटन गर्दै मेयर भुसालले खेल क्षेत्रको विकासको लागि आफु सधै प्रतिवद्ध रहेको बताउँदै सभ्य र भव्य रुपमा खेल संचालनको शुभकामना दिए । कार्यक्रम क्लवका अध्यक्ष बिक्रमसिंह बुढाको अध्यक्षता, उपाध्यक्ष सुरज पोख्रेलको स्वागत मन्तव्य तथा महासचिव नारायण आचार्यको संचालनमा सम्पन्न भएको छ । यो प्रतियोगीता ५ दिनसम्म संचालन हुनेछ । प्रतियोगीतामा बिजेतालाई ३५ हजार र उपबिजेतालाई २५ हजार नगदसहित ट्रफि प्राप्त बुढाले बताए । यो मावि स्तरको सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगीता भएको क्लवको दाबी छ । यस अघि पनि क्लवले ३३ हजार ३ सय ३३ राशीको फुटवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सदरमुकामका ७ र बाहिरका ४ बिद्यालय सहभागी थिए । सदरमुकामका रिड्र्स पब्लिक हाइ स्कुल, सिद्धबाबा माबी, महेन्द्र नमुना माबी, आदर्श विद्या आश्रम, गण्डकी इङलिस बोर्डिङ स्कुल, अर्जुन आवासीय माबी र ब्रिलेन्ट युनाइटेड एकेडेमीले छन् । त्यस्तै सदरमुकाम बाहिरबाट जनजागृती माबी हँुगा, अर्जे माबी अर्जे, रिडि माबी रिडी र मालिका माबी सिमल्टारी प्रतिस्प्रर्धामा सहभागी छन् । आजबाट मालिका मावि र जनजागृति मावि खेलबाट बाहिरिएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update