Erani Mahal
स्पोर्टस च्याम्पियनसिप - २०७७ सम्पन्न
ccc
पाल्पा - निस्दीमा एस. डि. आर. सी. स्पोर्टस च्याम्पियनसिप - २०७७ सम्पन्न भएको छ। समाज विकास स्रोत केन्द्र निस्दी - ४ , मित्याल, भोर्माको आयोजनामा भएको च्याम्पियनसिप आइतबार सकिएको हो। केन्द्रका अध्यक्ष बोम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो । खुल्ला पुरुष भलिबल तर्फ १३ टिम, महिला भलिबलमा १२ टिम र ब्याडमिन्टन तर्फ १६ टिमको सहभागिता रहेको थियो । पुरुष भलिबलमा मित्याल स्पोर्टस क्लब मित्याल प्रथम , समाज विकास स्रोत केन्द्र द्दितीय र रामपुरको टिम तृतीय भएको थियो । महिला भलिबल तर्फ दुवार्घा मित्यालको टिम प्रथम , मित्याल स्पोर्टस क्लब द्दितीय र मुढाबास मित्यालको टिम तृतीय भएको थियो । ब्याडमिन्टनमा रामपुरका बि टिम प्रथम , रामपुर ए टिम द्दितीय र मित्याल स्पोर्टस क्लब तृतीय भएको थियो । पुरुष भलिबलमा प्रथम, द्दितीय र तृतीयलाई क्रमश: नगद रु. ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र, ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा नगद रु. २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । महिला भलिबल तर्फ प्रथमले नगद रु. १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र द्दितीयले नगद रु. ६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तृतीयले नगद रु. ४ हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्दितीय र तृतीयले क्रमश: नगद रु. ५ हजार, ३ हजार २ हजार र प्रमाणपत्र प्राप्त गरेको थियो । बिजेता टिमलाई पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथि सारुले युवाको चाहनालाई मध्यनजर गर्दै निस्दीमा खेलकुद विकासको लागि पालिकाको संधै सहयोग रहने बताउनुभयो । केन्द्रले कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पुर्ण सौजन्यदाता, रेफ्री, खेलाडी तथा व्यक्तिलाई सम्मान गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update